HomeFeatureनेपाली अधिकारीले युरोपेली एयरबसबाट ४ करोड घूस लिएको खुलासा !

नेपाली अधिकारीले युरोपेली एयरबसबाट ४ करोड घूस लिएको खुलासा !

काठमाडौँ, ४ फेब्रुअरी
युरोपेली एयरबसबाट नेपाली अधिकारीलाई कम्तीमा ४ करोड २८ लाख रुपैयाँ (३ लाख ४० हजार युरो) घूस दिएको स्वीकार गरेको छ ।

युरोपेली एरोस्पेस कम्पनी, एयरबसले नेपाल एयरलाइन्स कर्पोरेशनका लागि दुई न्यारो बडी एरबस ए३२० विमानहरूको सम्झौता सुरक्षित गर्न कम्तीमा ३ लाख ४० हजार युरो तिर्नुपरेको फ्रान्सेली राष्ट्रिय वित्तीय अभियोजकको कार्यालयले जारी गरेको सम्झौतापत्रमा उल्लेख छ।
एयरबसले दिएको कूल १८ लाख डलर (झण्डै नेपाली २० करोड रुपैयाँ) नेपाली बिचौलिया र अधिकारीहरुलाई भुक्तान गरिएको थियो या थिएन भन्ने विषय यकिन नभए पनि ३ लाख ४० हजार युरो भने तेश्रो पार्टीमार्फत नेपाली अधिकारीहरुसम्म आइपुगेको विश्वास छ।

१८ लाख डलरको कुल वित्तीय प्रतिबद्धतालाई संकेत गर्ने उक्त सम्झौताका अनुसार सो भुक्तानी विदेशी सरकारी अधिकारीका लागि घूसका रूपमा उल्लेख गर्न योग्य हुन सक्छ।
२०१० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कंसाकारविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। तर २०१२ मा विशेष अदालतले कंसाकारलाई निर्दोष ठहर गर्दै सफाइ दियो।

संसदीय लेखा समितिले पनि सुरुदेखि नै अनियमितता भएको आशंकामा यसको छानबिन गरिरहेको थियो। लेखा समितिका सदस्य सांसद धर्मशीला चापागाईंका अनुसार सो अनुसन्धान समाप्त भइसकेको छैन र भ्रष्टाचारको आरोप छ भने फेरि पनि अनुसन्धान हुनसक्छ।

समितिले उजुरी प्राप्त गरेको थियो र औपचारिक अनुसन्धान सुरु गर्ने कि नगर्ने भन्ने बारेमा आन्तरिक छलफल गरेको थियो, तर यो कहिल्यै पनि कार्यान्वयन भएन, चापागाईंले भनिन्, अब मुद्दा पुरानो भएको छ। तर यदि रिपोर्टले एयरबस सम्झौतामा भ्रष्टाचार भएको वा कमिसन लिइएको देखाउँछ भने नेपाली अधिकारीहरूले यो मुद्दालाई गम्भीरताका साथ लिनुपर्दछ।

सुरुमा नेपाल एयरलाइन्सको ४२ मिलियन डलरको सम्झौता, जुन २०१३ मा संशोधन गरेर ४७ मिलियन डलर र्पुयाइएको थियो र त्यसमा दुई ए३२० ल्याउने बताइएको थियो।

नेपाल एयरलाइन्सको विमान खरिद प्रकरणको फाइल औपचारिक रुपमा २०१५ बन्द भएको थियो। यद्यपि एयरबस आफूले २००४ देखि २०१६ सम्म बिक्री गरेका विमानमा भ्रष्टाचार भएको आशंकामा फ्रान्सेली, बेलायती र अमेरिकी अधिकारीहरूको रडारमा थियो।

फ्रान्सेली राष्ट्रिय वित्तीय अभियोजकको कार्यालयले जनवरी २९ मा अदालतमा बुझाएको कागजात अनुसार टुलूजस्थित कम्पनीले २०१४ फेब्रुअरीदेखि २०१५ अप्रिलसम्ममा ३ लाख ४० हजार युरो (३ लाख ७६ हजार १ सय ४० डलर) नेपाली व्यापारीले बनाएको तेस्रो पक्षलाई आर्थिक कारोबार सुविधाजनक बनाउन नेपाली सरकारी अधिकारीलाई दिने गरी घूस दिएको देखिन्छ।

भ्रष्टाचारको अनुसन्धान गर्नेहरुले अदालतले दिएको जरिवानाको आदेशलाई भ्रष्टाचारका लागि कुनै पनि ठूलो कर्पोरेटलाई गरिएको ठूलो जरिवानाका रुपमा व्याख्या गरेका छन्।

नेपालको मामलामा भने दुईजना नेपाली व्यवसायीहरुले बिचौलियाका रूपमा कार्य गरिरहेका थिए।

एयरबसका कार्यकारीहरूले दुई नेपाली व्यापारीसँग सम्बन्ध रहेको र उनीहरुको नेपाल सरकार तथा सरकारी अधिकारीहरू र नेपाल एयरलाइन्सका अधिकारीहरूसँग सम्पर्कमा रहेको दाबी गरेको बताएका थियो, कागजातमा भनिएको छ।

यो खुलासासँगै विमान खरिद प्रक्रियाको पुनस् अनुसन्धान गर्न सकिन्छ, नेपाल एयरलाइन्सको बोर्डमा रहेर कार्य गरेका एक व्यवसायीले भने। कान्तिपुरबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...