रोल्पा, 12 अक्तूबर 2021
सोमवार राति रोल्पामा नेपाली काँग्रेसका कार्यकर्ताको घाँटी रेटेर हत्या भएको मामिला सामने आएको छ। रोल्पा नगरपालिका–६ दार्बोटका ५६ वर्षका पूर्णबहादुर बुढा गत साउन २३ गते सम्पन्न वडा अधिवेशनबाट नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि निर्वाचित बुढाको आफ्नै घरमा घाँटी काटेको अवस्थामा शव मिलेको प्रहरीले जनाए । बुढा घरमा एक्लै रहेका विहान ११ बजेसम्म ढोका नखुलेपछि प्रहरीको सहयोगमा ढोका फोडेर हेर्दा हत्या भएको अवस्थामा फेला परेका रोल्पा प्रहरी प्रमुखले बताए। रोल्पा प्रहरी प्रमुखको टोलिले घटनास्थलमा कार्यालयबाट डिएसपी सुवेदी नेतृत्वको प्रहरी पुगेर अनुसन्धान गरिरहेका छन्। थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली बोलाएपछि कुकुरले पहिचान गरेका आधारमा मृतकका भाइ अमराज बुढालाई प्रहरीद्धारा पक्राउ गरि अनुसन्धान सुरु गरिएको छ। डिएसपि ले भन्नु भयो, ‘तालिम प्राप्त कुकुर लामो बाटो पच्छ्याउदै मृतकको भाइको घर पुगेर अडिएको छ। हामीले थप अनुसन्धान गरिरहेका छौ।’ केही समयअघि मृतककी श्रीमतीको मृत्यु भइसकेको र छोराछारीहरु वैदेशिक रोजगारीमा रहेकाले बुढा घरमा एक्लै बस्दै आएका थिए।









































