HomeFeatureनेपाली काँग्रेस तरुण विभाग, विदेश समन्वय केन्द्रीय सदस्यको पहलमा भारतमा निःशुल्क कलेजो...

नेपाली काँग्रेस तरुण विभाग, विदेश समन्वय केन्द्रीय सदस्यको पहलमा भारतमा निःशुल्क कलेजो प्रत्यारोपण गरिने

गुरुग्राम, 4 अगस्त, 2021

भारतको प्रतिष्ठित स्वास्थ्य हेरचाह संस्थान नारायणा सुपर स्पेशलीटी अस्पतालले नेपाली बालबालिकाहरुको निशुल्क कलेजो प्रत्यारोपण गर्ने बताएको छ । गरिबीका कारण कसैले पनि स्वास्थ्य सेवाबाट बञ्चित नहोउन भन्ने मुख्य उद्धेश्य बनाएको नारायणा अस्पतालले नेपालीहरुको उपचार उनिहरुले दिन सक्ने पैसामै गर्ने र निकै मंहगो उपचार भनिएको कलेजो प्रत्यारोपण पनि सस्तो दरमा गर्ने भनेको छ । नारायणा हेल्थको उत्तर भारत क्षेत्रीय निर्देशक नवनीत बालीले आफुहरु नेपालको स्वास्थ्य पुर्वाधार क्षमता बढाउन सहयोग गर्न तयार रहेको बताउनु भएको छ । उहाँले सबै किसिमको स्वास्थ्य उपचारमा नारायणा अस्पतालको दक्षता रहेको भन्दै नेपालबाट आउने नेपालीहरुको सस्तो दरमा उपचार गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

त्यसैगरि नारायणा हेल्थको कलेजो प्रत्यारोपण प्रमुख डाक्टर सञ्जय गोजाले बालबालिकाको कलेजो प्रत्यारोपणमा विरामीको आर्थिक अवस्थाको आधारमा उपचार खर्च लिने गरेको भन्दै त्यसको लाभ नेपालीहरुले लिन सक्ने बताउनु भयो । उहाँले विशेषगरि बालबालिकाको कलेजो प्रत्यारोपण गर्नु परेमा पैसानै छैन भने पनि उपचार गरिदिने बताउनुभयो ।

त्यसैगरि भारतमा नेपालीहरुको सस्तोमा उपचार सम्भव होस् भनेर लागेका नेपाली काँग्रेस, तरुण विभागको विदेश समन्वय केन्द्रीय सदस्य एंव केयर फर क्योरका संचालक एल पी पाण्डेले भारतमा आउने नेपालीहरुको सस्तो उपचारमा सहयोग गर्ने आश्वासन दिएको बताउनुभयो ।

नारायणा हेल्थका संस्थापक डा. देवी शेट्टी हुन । डाक्टर देवी शेट्टीको सबैका लागि स्वास्थ्य सेवा भन्ने उद्धेश्यका साथ नारायणा हेल्थले स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । विरामीले खर्च गर्न सक्ने पैसामै उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको नारायणा हेल्थले त्यो लाभ नेपालीहरुलाई पनि लिन भनेको हो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...