काठमाडौं, 17 मई 2023
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस हावा चावाको पार्टी भएको टिप्पणी गरेका छन् ।बुधबार काठमाडौंमा मदन-आश्रितको ३१औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले अहिलेको यो गठबन्धन सत्तामा मात्रै सीमित रहेको उल्लेख गरे । उनले अहिलेको सत्ता गठबन्धनले राजनीतिलाई हलुका रुपमा लिइरहेको बताए । उनले नेपाली कांग्रेसलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने स्थितिमा पुगेको आरोप समेत लगाए ।
उनले भने, ‘अहिलेको राजनीतिलाई जसरी अत्यन्तै हल्काफुल्का ढंगले लिइएको छ, खासगरी सत्ताधारी गठबन्धनले, त्यो दुःखद कुरा हो । देशको परिस्थिति अत्यन्त गम्भीर छ । अत्यन्त जटिल छ । नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावाको । कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो ।’