HomeFeatureनेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दोस्रो दिन पनि जारी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दोस्रो दिन पनि जारी

काठमाडौं, 13 अगस्त 2021

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दोस्रो दिन पनि जारी छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा बिहीवारदेखि सुरु भएको बैठक दोस्रो दिन पनि जारी छ । शुक्रवारको बैठकमा पनि केन्द्रीय कार्यसमिति सदस्यहरुले पार्टीको १४ महाधिवेशनको कार्यतालिका परिमार्जनको सम्बन्धमा आ–आफ्नो धारणा राख्नुभएको प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । शुक्रवारको बैठकमा केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, धनराज गुरुङ, मिनबहादुर विश्वकर्मा, बद्री पाण्डे, श्याम कुमार घिमिरे, रामकृष्ण यादव, किरण शर्मा पौडेल, उमाकान्त चौधरी लगायतले आफ्नो धारणा राखेको उहाँले जानकारी दिनुभयो । बैठकपछि १४ औँ महाधिवेशनको परिमार्जित कार्यतालिका आउने उहाँले बताउनुभयो । बैठकमा सरकार सञ्चालन र समसामयिक राजनीति र अन्य विविध विषयमा पनि साझा रुपमा धारणा निर्माण हुने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रिय राजनीतिलाई सही ढंगले सम्पादन गरेर अगाडी जानुपर्ने कार्यभार एकातर्फ छ राष्ट्रिय राजनीतिको । अर्कोतर्फ, नेपाली कांग्रेस पार्टीको महाधिवेशन सम्पन्न गर्दै संगठनलाई सुदृढ बनाएर जाने घरेलु कार्यभार छ । यो दुइवटै कार्यभारको सम्बन्धमा बैठकमा भइरहेको छलफलपछि हामी निष्कर्षमा पुग्नेछौँ ।’

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ प्रवक्ता शर्माले वर्तमान सरकारको एक पिल्लर एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको आन्तरिक जटिलता रहेको उल्लेख गर्दै नेपाल पक्ष एउटा टुंगोमा पुगेपछि सरकारले पूर्णता पाउने बनाउनुभयो ।

उहाँले भन्नुभयो – ‘यो सरकार बन्दै गर्दा चारवटा पिल्लर खडा छ । त्यसमध्येको एउटा पिल्लर माधव नेपालले नेतृत्व गर्नुभएको एमालेको छ । उहाँहरुको आन्तरिक घरायसी जीवनको सन्दर्भमा केही जटिलताहरु रहेको बेलामा उहाँहरु एउटा टुंगोमा पुगिसकेपछि स्वाभाविक छ कि सरकार गठनको पूर्णताको प्रक्रियाले मार्ग प्रशस्त प्राप्त गर्छ ।’

बैठकमा केन्द्रीय निर्वाचन समितिबाट प्रस्तावित भएर आएको निर्वाचन निर्देशिकामाथि पनि छलफल चलिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...