HomeFeatureनेपाली कांग्रेस काठमाडौको जिल्ला सभापतिका लागि मतदान सम्पन्न

नेपाली कांग्रेस काठमाडौको जिल्ला सभापतिका लागि मतदान सम्पन्न

काठमाडौं, 28 नवम्बर 2021

नेपाली कांग्रेस काठमाडौको जिल्ला सभापतिका लागि मतदान सम्पन्न भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कांग्रेस काठमाडौको जिल्ला सभापतिका लागि आइतबार काठमाडौको राष्ट्रिय सभा गृहमा मतदान सम्पन्न भएको हो ।  काठमाडौंमा नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापा पक्षले संयुक्त रूपमा प्यानल बनाउनुभएको छ । काठमाडौंमा सिंह–थापा पक्षबाट अहिलेका सभापति कृष्णसबुज बानियाँ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता उपेन्द्र कार्की सभापतिको उम्मेदवार हुनुहुन्छ । बानियाँ काठमाडौं सभापतिमा दोहोरिने तयारीमा हुनुहन्छ भने कार्की यसअघि काठमाडौं क्षेत्र नम्बर २ को सभापति हुनुहुन्थ्यो ।  १३ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा समूहको समर्थनमा बानियाँ काठमाडौं जिल्ला सभापति निर्वाचित हुनुभएको थियो । १४ औं महाधिवेशनमा काठमाडौं कांग्रेसमा समीकरण बदलिएको हो । कांग्रेसको जारी अधिवेशनमा काठमाडौंमा प्रकाशमान–गगन एउटा समूहमा छन् भने संस्थापन समूह र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता एक ठाउँमा छन् । कांग्रेसको १४औँ महाधिवेशनका लागि दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा मंसिर १० गतेदेखि अधिवेशन भइरहेको छ  भने काठमाडौमा आइतबार भएको हो । एक मात्र संघीय निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा मंसिर ६ मा जिल्ला अधिवेशन भएको थियो। त्यसअघि १४ हिमाली जिल्लामा जिल्ला अधिवेशन सकिएका थिए । कांग्रेसले यही मंसिर १६ देखि १७ सम्म प्रदेश अधिवेशन गर्दैछ ।  त्यसपछि मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...