12 अक्तूबर 2021
नेपाली गोल्डस्टार जुत्ता अब अमेरिकामा पनि पाइने भएको छ। नेपाली ब्रान्ड गोल्ड स्टार जुत्ता अब अमेरिकामा पनि पाइने भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले नेपाली ब्राण्ड अन्तर्राष्ट्रिय ब्राण्ड बन्न लागेकोमा सम्पूर्ण निजी क्षेत्रद्धारा गर्व गर्नुपर्ने जनाउनु भएको छ । अमेरिकामा एक कार्यक्रमकाबीच जुत्ताको लन्च समेत गरिएको छ । सन् १९७० मा स्थापित यस उद्योगले स्थापनाको ५२ वर्षपछि अमेरिकी बजारमा पनि आफ्नो उत्पादन बेच्न सफल भएको हो । अमिर प्रताव जेबी राणा यस कम्पनीका डाइरेक्टर हुनुहुन्छ ।









































