दिल्ली, 8 अगस्त 2022
नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति भारत विभाजित भएको छ। नेजसका नेता डोलराज भण्डारीको नेतृत्वमा 150 बढी कार्यकर्ता हरुले राजीनामा दिएका छन। नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार मध्य प्रदेश देखि विभाजन शुरु भएको छ। पार्टी छोड्ने नेताहरुले पठाएको विज्ञप्ति अनुसार बिगत लामो समय देखि नेपाली जनसम्पर्क समिति को संस्थापन पक्ष को तानाशाही पुर्ण निति , भेदभावपूर्ण व्यवहार, नाता वाद र कृपाबाद, इमानदार कार्यकर्ताहरु माथी हुंदै आएको अपमानित व्यवहारबाट दुखी भएर केही दिन पुर्ब 150 भन्दा बढी कार्यकर्ता र सदस्य हरुले सामुहिक राजीनामा दिई बिद्रोह गरेका थिए। 7 अगस्त का दिन भोपाल मा सम्पन्न जन सभा द्वारा गहन छलफल पछि ” नेपाली जनसम्पर्क समितिले जब आफ्नै सदस्य र कार्येकर्ता को सम्मान र हक हित को रक्षा गर्न सक्दैन भने भारत मा रहने लाखौं नेपाली को हित र अधिकार को रक्षा झन गर्न सक्दैन ” भन्ने निस्कर्ष सहित सम्पुर्ण नेपालीहरु लाई प्रजातान्त्रिक समाजबाद को बाटोमा हिडाउने र सबल र आत्मनिर्भर बनाउने उदेश्य ले डोल राज भन्डारी को अध्यक्षता मा 7 सदस्यीय सचिवालय समिति , घनस्याम पौडेलको अध्यक्षता मा 6 सदस्यीय सल्लाहकार समिति , खुमानन्द पान्डे ( गणेश) को अध्यक्षतामा 15 सदस्यीय कार्यसमिति, सिदार्थ घिमिरे र दुर्गा घिमिरे को नेतृत्व मा 9 सदस्यीय युवा संघ को गठन गरेको छ। समितिमा 10 सिट रिक्त राखिएको छ भने पुर्ण समिति मा 5 महिला कार्यकर्ता रहेका छन । समिति मा 33% महिला सहभागिता रहेको छ। कार्यक्रम को अध्यक्षता लोक मणि पौडेल र सन्चालन जीव नारायण घिमिरे ले गर्नु भएको थियो । उनले बोल्दै भने मध्य प्रदेश एउटा उदाहरण मात्र हो अब पूरा भारत भरिनै संगठन विभाजित हुन्छ। उनले संगठनमा अपमानित, अपहेलित भएर बाच्नु भन्दा स्वतन्त्र भएर नयाँ संगठनमा जोडिन जनसम्पर्क समितिका आस्थावान कार्यकर्ता हरुलाई आग्रह गरेका छन।









































