नयाँ दिल्ली, 22 अगस्त, खुम गुरुङ
भारतको राजधानी दिल्लीको सबैभन्दा ज्येष्ठ सामाजिक संगठन प्रवास नेपाली जन कल्याण समितीका अध्यक्ष बसन्त कुमार आधिकारीलाई मातृशोक परेको छ । हिजो आमाको 13 औं पूण्यतिथीमा समितीका सबै सदस्यहरुले श्रद्धाञ्जली अर्पण गरेका छन । अध्यक्ष आधिकारीकी आमा पबित्रा आधिकारीको गत साउन 25 गते तदनुसार 9 अगस्तका दिन काठमण्डौमा निधन भएको थियो । कोभिड-19 महामारी र लकडाउनका कारण अधिकारी नेपाल जान सक्नु भएको थिएन । उहाँलाई परेको यस दुःखको घडिमा समितीका प्राय सबै सदस्यहरु र दिल्लीमा बसोबास गर्ने अधिकांश नेपालीहरुले उहाँको घरमा पुगेर समवेद्ना प्रकट गरेका थिए ।









































