दिल्ली, 8 मार्च 2022
बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो आगामी फिल्मको छायांकनमा नेपाली ढाका टोपी लगाएको तस्बिर अहिले चर्चामा आएको छ। बच्चनले नेपालमा समेत छायांकन भएको मित्रताको कथा बोक्ने फिल्म ‘उचाईं’को छायांकनको क्रममा नेपाली ढाका टोपी लगाएका थिए। अहिले उक्त तस्बिर निकै चर्चामा छ। आइतबार राती अभिनेता बच्चनले आफ्नो सामाजिक सञ्जालमार्फत उक्त तस्बिर सेयर गरेका थिए। उनले तस्बिरमा ‘केटीको केटीको’ क्याप्सन राख्दै तस्बिर सार्वजनिक गरेका थिए। उक्त तस्बिर हाल भारतको उत्तराखण्डमा छायांकन भइरहेको बलिउड फिल्म ‘उचाइ’को छायांकनको क्रममा लिइएको हो। बच्चनको उक्त तस्बिरलाई नेपाली दर्शक तथा उनका प्रशंसकहरुले निकै रुचाएका छन्। केही महिनाअघि उक्त फिल्मको छायांकनका लागि फिल्मको निर्माण पक्षसँगै अभिनेता अनुपम खेर, बोमन इरानी , अभिनेत्री परिणीति चोपडालगायतका कलाकार नेपाल आएका थिए।









































