HomeFeatureनेपाली राजदूत डा. शर्मा र भारतीय सेनाध्यक्ष पाण्डेबीच भेट

नेपाली राजदूत डा. शर्मा र भारतीय सेनाध्यक्ष पाण्डेबीच भेट

दिल्ली, 21 जून 2022

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय सेनाका नवनियुक्त सेनाध्यक्ष मनोज पाण्डेसँग सोमबार शिष्टाचार भेट गरेका छन् । भारतीय सेनाको हेडक्वार्टरमा भएको भेटमा सेनाध्यक्ष पाण्डेको भविष्यमा नेपाल भ्रमणबारे छलफल भएको छ । भारतीय सेनाध्यक्ष पाण्डेलाई राजदूत शर्माले बधाई दिँदै दुई देशबीच भविष्यमा रक्षा सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । भारतीय सेनाध्यक्ष पाण्डे नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न लगाउन नेपाल आउने कार्यक्रम छ । दुवै सेनाले उनको नेपाल भ्रमणको मिति सार्वजनिक गरेका छैनन् ।  राजदूत शर्माले सेनाध्यक्षसँग दुईपक्षीय रक्षा सहकार्यका विभिन्न पक्षबारे छलफल गरेको उल्लेख गरेका छन् । उनले नेपाली सेनालाई निरन्तर सहयोग पुर्याएकोमा भारतीय सेनालाई धन्यवाद दिएका छन् । भारतीय सेनाले पनि ट्विटरमा दुईपक्षीय रक्षा सहकार्यबारे राजदूत शर्मा र सेनाध्यक्ष पाण्डेबीच छलफल भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...