HomeFeatureनेपाली संस्कृति परिषदको नेतृत्वमा नेपाली समूदायले पनि गर्यो ट्रम्पको स्वागत

नेपाली संस्कृति परिषदको नेतृत्वमा नेपाली समूदायले पनि गर्यो ट्रम्पको स्वागत

गुजरात/ 24 फरवरी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भारतमा भब्य स्वागत गरिएको छ । गुजरातको अहमदाबादबाट भ्रमणको शुरुवात गर्नुभएका डोनल्ड ट्रम्पलाई त्यहाँका सबै समूदायले स्वागत गरेको हो । परिवारका साथमा भारत भ्रमणमा आउनु भएका ट्रम्प परिवारलाई नेपालीहरुको प्रतिनिधित्व गर्दै गुजरातस्थित नेपाली संस्कृति परिषद र श्री पशुपतिनाथ ट्रस्टले पनि राष्ट्रपती ट्रम्पले पनि भव्य स्वागत गरेको थियो । गुजरात सरकारले नेपाली संस्कृति परिषद र श्री पशुपतिनाथ ट्रस्टलाई स्वागत समारोहमा सरीक हुन औपचारिक स्थान दिएको थियो । भारतको इतिहासमा पहिलो पटक विदेशी पाहुनाको स्वागतका लागी नेपाली समूदायाई आमन्त्रीत गरिएको हो ।

विश्व शक्ति अमेरिका जस्तो देशका राष्ट्रपतिको स्वागतका लागि नेपाली समूदायलाई सरकारले बोलाएकोमा निकै हर्षित भएको नेपाली संस्कृति परिषद गुजरातका केन्द्रीय महासचिव महेन्द्र शर्माले बताउनु भएको छ । नेपाली संस्कृति परिषद गुजरातका प्रदेश अध्यक्ष हरिप्रसाद उपाध्याय, प्रदेश महासचिव डाक्टर खेमचन्द्र आचार्य र पशुपतिनाथ ट्रष्टका अध्यक्ष नैनसिंह बुढा लगायतको टोलीली ट्रम्पको रोड शोको दौरान संस्थाको ब्यानरसहित स्वागत गरेको हो ।

नेपाल तथा भारतका 16 राज्यमा सक्रीय रहेको नेपाली संस्कृती परिषदले नेपाली भाषा, संस्कृति र परम्परालाई जगेर्ना गर्ने काम गर्दै आएको छ । नेपाली समूदायको हकहित र उनिहरुलाई अन्य समूदायसँग एकताबद्ध गर्ने काममा पनि सक्रीय रहेको नेपाली संस्कृति परिषदले भारतमा रहेका सम्पूर्ण नेपाली भाषीहरुको प्रतिनिधित्व गरेकोछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...