Homeबिबिध+साहित्यनेपाली सम्मेलन दिल्लीद्वारा भव्य भानु स्मृति समारोह: साहित्य क्षेत्रका कयौं हस्तीहरुको उपस्थिति

नेपाली सम्मेलन दिल्लीद्वारा भव्य भानु स्मृति समारोह: साहित्य क्षेत्रका कयौं हस्तीहरुको उपस्थिति

नयाँ दिल्ली, 19 जुलाई 2021

नेपाली सम्मेलन दिल्ली (रजि.) ले १८ जुलाई, २०२१ तदनुसार बिक्रम सम्वत श्रावण ३ गते, २०७८ (आइतबार) आदिकवि भानुभक्त आचार्यको २०७औँ जन्म जयन्ती (१३ तारिख, २०२१ तदनुसार विक्रम सम्वत अषाढ २९ तारिख, २०७८) को अवसरमा भानु स्मृति दिवस -२०२१ भर्चुअल रूपमा आयोजित गरेको थियो। भारतका विभिन्न राज्य एवं क्षेत्रका नेपाली भाषी विद्वतजनहरूका साथै नेपालका साहित्यिक व्यक्तित्वहरू, गायक एवं सङ्गीतकारहरूको यस भर्चुअल समारोहमा उपस्थिति रहेको थियो।

यस समारोहमा प्रमुख अतिथिको रूपमा साहित्य अकादेमी, दिल्लीको नेपाली भाषा संयोजक डाक्टर जीवन नामदुङ्गको गरिमामय उपस्थिति थियो। उहाँ प्रतिष्ठित समालोचक तथा कवि हुनुहुन्छ। उहाँले “वर्तमान समयमा भानुभक्तको भाषिक एवं सांस्कृतिक प्रासङ्गिकता”-बारे बोल्दै भानुभक्तको पहिचान उहाँ जीवित रहँदै हुन नसकेको तर पछि मोतिराम भट्ट जस्ता विद्वानहरूको अथक प्रयासद्वारा सम्पूर्ण नेपाली जातिका जनजिब्रोमा बस्नुभएको हो भन्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, भानुभक्त अब कुनै भौगोलिक सीमामा बाँधिएका छैनन्। सारा विश्वभरी छरिएर बसेका नेपाली भाषीहरू अनि नेपाली संस्कृतिधारकहरूका धरोहर बनेका छन्।

भानु स्मृति समारोहमा सम्मानित अतिथिगणका रूपमा क्रमशैः सिलगढ़ीबाट प्रतिष्ठित कवि, नाटककार एवं गीतकार श्री कालुसिंह रणपहेली, मेघालय शिलाङ्गबाट नेपाली भाषाका विद्वान एवं रचनाकार डा. टेकनारायण उपाध्याय, नेपालबाट गायक एवं सङ्गीतकार सुरेन्द्र मुखिया, दार्जीलिङ्ग, खरसाङ्गबाट चर्चित कवयित्री उषाकिरण सत्यदर्शी, दिल्ली स्थित दक्षिण एसियाली विश्वविद्यालयमा प्रोफेसर डॅ. युवराज पोख्रेल, असमबाट अग्रज कवि एवं साहित्यसेवी श्री नव सापकोटा, देहरादूनबाट भाषा सङ्ग्रामी, साहित्यकार एवं रेडियोकर्मी भूपेन्द्र अधिकारी, र सिलगढीबाट वरिष्ठ रेडियो जर्नलिस्ट एवं साहित्य अकादेमी दिल्लीद्वारा अनुवाद पुरस्कारले सम्मानित डम्बरमणि प्रधानको उपस्थिति थियो। सबै सम्मानित अतिथिहरूले वर्तमान समयमा भानुभक्तको भाषिक एवं सांस्कृतिक प्रासङ्गिकता पहिलेभन्दा झनै बढी टडकारो रहेको अनि नेपाली भाषा र संस्कृतिलाई झनै व्यापक रूपमा प्रचारित-प्रसारित गर्नमा रहेका हाम्रा कमी कमजोरीहरूलाई स्वीकार गरेर सामाजिक एवं सरकारी स्तरमा थप प्रयास गर्नु पर्ने विषयमाथि जोड दिनुभयो।

यस समारोहमा दिल्ली एवं दिल्ली बाहिरका कवि एवं कवियत्रीहरूले आ-आफ्ना कविता पाठ पनि गरेका थिए। दार्जीलिङ्ग, खरसाङ्गबाट श्रीमती उषा किरण सत्यदर्शी, दिल्लीबाट श्रीमती रञ्जना शर्मा सिंह, श्री टाशी शेर्पा, श्रीमती नैना सुब्बा बराईली, श्रीमती सिन्धु पोख्रेल, श्रीमती शर्मिष्ठा चौधरी, कुमार सुशान्त चौधरी र कुमारी सागरिका चौधरीले कविता वाचन गर्नुभएको थियो भने नेपालका श्री सुरेन्द्र मुखिया, दार्जिलिङ्ग बिजनबारीका श्री साहिल छेत्री र साथीहरूको गीत प्रस्तुतिलाई भर्चुअली उपस्थित दर्शकहरूले खुबै मन पराएका थिए। कोरोना कालको विभिषिकाको बावजुद यसबाट हामी भौगोलिक रूपले टाढा-टाढा बस्नेहरूलाई एकसाथ हाम्रो जातिय पर्व भानु जयन्ती मनाउने अवसर प्राप्त भएको वक्ताहरूले बताएका थिए।

नेपाली सम्मेलन दिल्ली (रजि.) का अध्यक्ष श्री विष्णुबहादुर गुरुङ्गले आफ्नो अध्यक्षीय सम्बोधनमा भारतभरि र नेपालका विद्वतजन एवम् गीतकार-सङ्गीतकारहरूको उपस्थितिले भानु स्मृति समारोहलाई अत्यन्तै सारगर्भित तुल्याएको बताउनुभयो र वर्तमान सन्दर्भमा भानुभक्तलाई कुनै जाति विशेष वा धर्म विशेषको बपौति नबनाएर सही अर्थमा सिङ्गो नेपाली जातिको धरोहर वा सम्पदा बनाउनु पर्ने, अनेक थरीका भाषा-भाषिक समुदायहरूको साझा फुलबारी बनाउनु पर्ने आवश्यकतामाथि जोड दिनुभयो।

भानु स्मृति समारोह -२०२१ को सुरुआत मूल सचिव श्री हीरा आचार्यद्वारा समारोहको अध्यक्षता गर्न सम्मेलनका अध्यक्षलाई अनि प्रमुख अतिथि डॅ. जीवन नामदुङ्गलाई भर्चुअल रूपमा नै आसन ग्रहण गराइएपछि प्रमुख अतिथिको तर्फबाट नेपाली सम्मेलनका कोषाध्यक्ष ले.कर्नल (से.नि.) सुकुल प्रधानज्यूको निवासमा भानुको चित्रमाथि माल्यार्पण र दीप-प्रज्वलनका साथ भएको थियो। तत्पश्चात नेपाली सम्मेनल दिल्लीका साहित्यिक एवं सांस्कृतिक सचिव श्री जे.के. बराईलीले समारोहमा उपस्थित सम्मानित अतिथिहरूका साथै नेपाली सम्मेलनका कार्याकारिणी सदस्यहरूको परिचय गराउनुभएको थियो। त्यसपछि, श्री गणेश अधिकारीद्वारा भानुभक्तिय रामायणका केही अंशहरूको लयबद्ध पाठले दर्शकहरूलाई मन्त्रमुग्ध पारेको थियो।

अन्त्यमा नेपाली सम्मेलन दिल्लीकी सामान्य सचिव श्रीमती रञ्जना खवासद्वारा प्रमुख अतिथि, सम्मानित अतिथिहरू, सबै सहभागीहरू तथा विशेष रूपले समारोह सम्पन्न गर्नका लागि प्राविधिक सहयोग गर्ने सुश्री रोशनी प्रधान, श्री दीपक पौडेल र श्री सरल सिन्च्युरीज्यूलाई धन्यवाद ज्ञापनका साथै भानु स्मृति समारोह-२०२१ को समापन भएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...