दिल्ली, 12 फरवरी 2022
नेपाली सांस्कृतिक परिषद महाराष्ट्र राज्य र, मुम्बई समिति गठन भएको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली भाषाको संरक्षण र उत्थानका लागि स्थापना भएको संस्कृतिक परिषदले महाराष्ट्र राज्य र मुम्बई समिती गठन गरेको हो । नेपालबाट रोजगारीको शिलशिलामा भारत तथा विभिन्न देशमा रहेका नेपालीहरुमा बिस्तारै नेपाली भाषा हराउदै गएको हुदा यसको संरक्षणकै लागि परिषद स्थापना गरिएको अन्तर्राष्ट्रिय नेपाली संस्कृति परिषद महाराष्ट्र राज्य समिती संयोजक कमल सिह ले बताए । महाराष्ट्र राज्य समितिका अध्यक्ष कमल सिहको अध्यक्षतामा आयोजित बैठकले टिकाराम सोवको, संयो-ज्कत्वमा 7 सदस्यीय नेपाली सांस्कृतिक परिषद मुम्बई समिती गठन गरेको छ । जसको महिला संयोजकमा शान्ती खड्का,सचिवमा प्रेम सिह,सह-सचीवमा करण सिह,कोषाध्यक्ष गोबिन्द आई.डि ,सदस्यमा नारायण टमट्टा र अनिता राणा रहेका छन ।









































