काठमाडौं, 27 जनवरी 2022
पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको टोलीले अवैध लागूऔषध तथा एम्युनिशन/एक्सप्लोसिभ बरामद गरेको छ । राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री सिद्धिबक्स गणबाट निकुञ्जध प्रशासनका कर्मचारीसहित परिचालित भएको एलआरपी टोलीले बुधबार फेला पारेको जनाएको छ । सेनाले बरामद भएको सामान निकुञ्जु प्रशासनलाई बुझाएको छ । लालभित्ति, शितलपुर खोला चुरे ईलाकामा अवैध रुपमा प्रवेश गरेका ६/७ जना समूहका मानिसहरुलाई पक्राउ गर्ने क्रममा उक्त मानिसहरु लागूऔषध, एम्युनिशन/एक्सप्लोसिभ तथा अन्य सामानहरू छाडी फरार भएकाले सामान मात्रै बरामद भएको जनाइएको छ । सेनाले करीब २०० केजी गाँजा, ३९ वटा भरुवा बन्दुकको गोली, २०० ग्राम बारुद, १६ वटा बम पटका, करीब २ केजी गन्धक, १ थान प्याकिङ्ग डब्बा भएको सेफ सोली, दुई वटा टर्चलाइट, एउटा चार्जर र कपडा राखिएको झोला ४ वटा बरामद गरेको जनाए ।









































