HomeFeatureनेपाल उद्योग वाणिज्य महासंघको पहल, कोभिड १९ सँग लड्न ‘कोभिड १९ सहायता...

नेपाल उद्योग वाणिज्य महासंघको पहल, कोभिड १९ सँग लड्न ‘कोभिड १९ सहायता केन्द्र’ गठन

काठमाण्डौ, 12 मई 2021

नेपाल उद्योग वाणिज्य महासंघले कोभिड १९ विरुद्ध लड्नका लागि ‘कोभिड १९ सहायता केन्द्र’ गठन गरेको छ । बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोजकत्वमा गठन भएको सहायता केन्द्रले कोभिड १९ संक्रमणमा परेकालाई सेवा प्रवाह गर्न सहजीकरण र समन्वय गर्नेछ ।  कोभिड १९ सहायता केन्द्रले ६ वटा सहायतका क्षेत्रहरुको पहिचान गर्दै महासंघ सदस्यहरुलाई जिम्मेवारी समेत तोकेको छ । यससँगै महासंघले सचिवालयका सम्पर्क अधिकृतद्वय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएस मार्फत सम्पर्क गरि सहयोग लिन सकिने जनाएको छ । अक्सिजन सिलिण्डरको व्यवस्थापनको जिम्मेवारी महासंघका उपाध्यक्ष रामचन्द्र सांघाइ र ज्योति ग्रुपका निर्देशक सौरभ ज्योतिलाई दिइएको छ । यस्तै, अस्पताल तथा आइसालेशन केन्द्र सहजीकरणका लागि हेमराज ढकाल र रविन श्रेष्ठ, अस्पताल व्यवस्थापनका लागि ई.देशबन्धु बस्नेत (अजित) ,बाबुकाजी कार्की र केयुर गौतमलाई जिम्मेवारी दिईएको छ । एम्वुलेन्स तथा आइसोलेसन केन्द्रको व्यवस्थापनका लागि रञ्जितराज आचार्य, औषधि तथा मेडिकल उपकरणको जिम्मेवारी प्रवलजंग पाण्डे र भक्त हमाललाई दिईएको छ भने होटल र हवाई यातायात व्यवस्थापनका लागि ज्योत्सना श्रेष्ठ ,विनायक शाह र विनोद सापकोटालाई जिम्मेवारी दिइएको महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले जानकारी दिनुभयो । न्युज एजेन्सी नेपाल सँग कुरा गर्दै बरिष्ठ उपाध्यक्ष ढकालले महासंघको सहायता केन्द्रबाट समस्यामा परेका, कोरोना उपचारमा सहजीकरण र समन्वय खोजिरहेका सर्वसाधारणलाई सहयोग पुग्ने बताउनुभयो । महासंघले काठमाडौँ उपत्यकामा २०० बेडको आइसोलेसन केन्द्र बनाउन लागेको उहाँले जानकारी दिनुभयो । कोभिड संक्रमण बढेर देश नै अस्तब्यस्त हुन लागेको बेला नीजि क्षेत्रको छाता संगठनले सहायताको लागि अग्रसरता देखाएको छ । यो क्रम निरन्तर रहने र नीजि क्षेत्रका संस्था तथा व्यवसायी एक भएर कोभिड बिरुद्ध लड्न जनता र सरकारलाई सघाउने बरिष्ठ उपाध्यक्ष ढकालले बताउनुभयो । कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले सहकार्यका लागि आग्रह गरेपनि नीजि क्षेत्रले बेवास्ता गरिरहेको भन्दै समाचार आउन थालेपछि महासंघले सक्रियता देखाएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...