HomeFeatureनेपाल–बंगलादेशले आपसमा  ऊर्जा सहकार्य गर्न ५ बुँदे सहमति

नेपाल–बंगलादेशले आपसमा  ऊर्जा सहकार्य गर्न ५ बुँदे सहमति

काठमाडौं, 26 अगस्त 2022

नेपाल र बंगलादेशले आपसमा ऊर्जा सहकार्य गर्नका लागि ५ बुँदे सहमति गरेका छन् । काठमाडौंमा दुई दिनसम्म चलेको सचिवस्तरीय बैठकमा ऊर्जा क्षेत्रमा सहकार्य गर्न ५ बुँदे सहमति भएको हो । सचिवस्तरीय बैठकबाट बंगलादेशको भेरामारामा अवस्थित एचभीडीसी (हाइ भोल्टेज डाइरेक्ट करेन्ट) संरचनाको बाँकी रहेको क्षमता उपभोग गरेर नेपालबाट बंगलादेशमा प्रारम्भिक चरणमा ५० मेगावाटसम्मको बिजुली निर्यात गर्न सम्भव देखिएको छ । यसका लागि नेपाल र बंगलादेशका पक्षले आपसमा सहकार्य गरेर भारतीय पक्षलाई अवरोध खुलाउन अनुरोध गर्ने सहमति भएको छ ।यस्तै, जलविद्युत क्षेत्रमा सहकार्य गर्न प्रस्तावित सुनकोसी–३ जलविद्युत आयोजना (६८३ मेगावाट) को विकासका सम्बन्धमा वातावरणीय अध्ययन प्रतिवेदन समेत यथाशिघ्र बंगलादेशी पक्षलाई उपलब्ध गराउने र अध्ययन प्रतिवेदनहरूमा बंगलादेश पक्षले छिट्टै धारणा दिने सहमति समेत भएको छ ।यसका साथै, नेपाल–बंगलादेश डेडिकेटेड विद्युत प्रशारण लाइन निर्माण गर्न बंगलादेश–भारत–नेपालबीच त्रिपक्षीय सम्झौताका लागि पहल गर्न दुवै पक्ष सहमत बनेका छन् ।

नेपाल–बंगलादेश ऊर्जा बैठकका लागि बंगलादेशबाट प्रतिनिधिहरू काठमाडौं आइपुगेका थिए । जसमध्ये सह–सचिवस्तरीय र सचिवस्तरीय गरेर दुई दिन बैठक चलेको थियो ।

साथै, सोलार होम सिस्टम र बंगलादेशको सस्टेनेबल एण्ड रि–न्यूएबल इनर्जी डेभलपमेन्ट अथोरिटीबीच समझदारीको मस्यौदाले एक महिनाभित्र  नेपालको वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रलाई उपलब्ध गराउने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले जनाएको छ ।

यसैगरी, बंगलादेश पावर म्यानेजमेन्ट इन्स्टिच्युटले दिने तालिम र जलविद्युत आयोजनाहरूमा नेपालले हासिल गरेको अनुभव आदानप्रदान कार्यक्रम लगायत द्विपक्षीय क्षमता अभिवृद्धिका लागि भावी कार्यदिशा तयार गर्न संयुक्त प्राविधिक टोलीलाई जिम्मा दिने सहमति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...