काठमाडौं, 24 नवम्बर 2021
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले बुधबार पनि सर्वोच्च परिसरमा धर्ना दिएका छन् । धर्नाका क्रममा सहभागी अधिवक्ता, वलिकहरुले प्रधानन्यायधिशबिरुद्ध चर्का नारा लगाएका थिए । उनीहरुले प्रधानन्यायधिशको राजीनामा नआएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका थिए । सर्वोच्चमा धर्ना दिएपछि बारका पदाधिकारीहरु उच्च अदालत पाटनमा धर्नाका लागि पुगेका थिए । बारको आन्दोलन अन्तर्गत बुधबार देशभरका उच्च अदालतमा प्रर्दशन भएको छ । उपत्यकाको उच्च अदालत पाटनसहित देशभरका १८ उच्च अदालतमा बारले २ घन्टा कालोपट्टीसहितको धर्ना र विरोध कार्यक्रमको आयोजना गरेको हो । बारले बिहीबार काठमाडौंमा सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको छ ।









































