HomeFeatureनेपाल बार: प्रधानन्यायाधीश  राणाको वार्ताको प्रस्ताव अस्विकार

नेपाल बार: प्रधानन्यायाधीश  राणाको वार्ताको प्रस्ताव अस्विकार

काठमाडौं, 15 नवम्बर 2021

नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले गरेको वार्ताको प्रस्ताव अस्वीकार गरेको छ । सोमबार प्रधानन्यायाधीश राणाले वार्ताको प्रस्ताव गर्दै विज्ञप्ति निकालेपछि सर्वोच्च परिसरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले राणासँग वार्ता नगर्ने बताउनुभयो ।  न्यायको गरिमा जोगाउन नसक्ने प्रधान्यायाधीशले राजीनामा दिनुपर्ने भन्दै उहाँले बिचौलिया, विकृति विसंगतिको प्रवक्ता, पक्षपोशकको रूपमा उभिएका जबरासँग वार्ता नहुने बताउनुभयो । उहाँले जबराले राजीनामा दिएपछि नयाँ नेतृत्वसँग वार्ता गर्ने बताउनुभयो । उहाँले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन आग्रह समेत गनुभयो । उहाले न्यायलयभित्रको भ्रष्टाचारको प्रवक्ताका रुपमा प्रधानन्यायधिशले काम गरेको जिकिर गर्नुभयो । त्यस्तै  बार एसोसिएसनका पूर्व महासचिव सुनिलकुमार पोखरेलले न्यायालयमा देखिएको गतिरोध अन्त्यका उपाय प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराको बहिर्गमन मात्र भएको बताउनुभयो । न्यायालय सुधार एजेन्डाको मुख्य बाधक नै प्रधानन्यायाधीश भएको उहाको भनाई छ । त्यस्तै वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले संविधानको संरक्षणका लागि नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेको बताउनुभयो । नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरु कात्तिक १४ गतेदेखि आन्दोलनरत छन् । उनीहरुले न्यायालयको शुद्धीकरणका लागि प्रधानन्यायाधीश जबराको राजीनामालाई पहिलो सर्त बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...