HomeFeatureनेपाल-भारतको ब्यानरमा फिल्म बनाउने चाहना: पुर्णेन्दु झा

नेपाल-भारतको ब्यानरमा फिल्म बनाउने चाहना: पुर्णेन्दु झा

काठमाडौं, 13 अक्तूबर 2021

पुर्णेन्दु झा चलचित्र निर्देशक हुन् । नेपालमा फिल्म कलेज पढ्ने पहिलो ब्याच झाले पोल्टिकल ड्रामा ‘संरक्षण’ र सोसल कमेडी ‘चौका दाउ’ निर्देशन गरिसकेका छन् । डेब्यु चलचित्र ‘संरक्षण’ मा निखिल उप्रेती, सौगात मल्ल जस्ता स्टार राखेर कमाएको साख दोस्रो चलचित्र ‘चौका दाउ’ ले बचाउन सकेन । त्यसपछि कोरोनाभाइरसका कारण भएको लकडाउनमा केही समय विश्राममा रहेका झाले केही फिल्मी योजना बनाएका छन् । उनी अब नेपालीसँगै अन्य भाषामा फिल्म बनाउने योजनामा छन् । उनी अब ओटीटीलाई समेत हुने कन्टेन्ट बनाउने तयारीमा छन् । निर्देशक झा सर्लाहीको गोडैतामा जन्मिएका हुन्, जहाँ सिनेमा हल नै छैन । तर उनी केही किलोमिटर टाढा बरहथवामा आएर सिनेमा हेर्ने गर्थे । स्कुले जीवनमा खासै छुट नपाएका निर्देशक झाले अनायासै बाल्यकालमै चलचित्र निर्देशक बन्ने इच्छा थियो । सो समयमा झाले चलचित्रसँग सम्बन्धित म्यागजिन मायापुरी र कामना पढ्ने गर्ने । यसैले गर्दा पनि उनलाई चलचित्रप्रति लगाव थियो । घरबाट साइन्स पढेर डाक्टर बन्न निस्किएका निर्देशक उनी काठमाडौं आइसकेपछि आफूलाई निर्देशकको रूपमा चिनाइसकेका छन् । आगामी योजनामा निर्देशक झा अब नेपालीसँगै हिन्दीलगायतका भाषामा फिल्म तयार गर्ने सोचमा छन् । उनले यसका लागि तयारी थालिसकेका छन्। उनले भने ‘अब हामीले विदेशी मार्केटसँगै डिजिटल प्लेटफर्मलाई ध्यान दिएर काम गर्नुपर्छ,’ उनले भने । झा बलिउडमा प्रकाश झा प्रोडक्सनसँग सहकार्य गरेर केही प्रोजेक्ट गर्ने तयारी थालेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...