HomeFeatureनेपाल-भारत आउजाउ गर्नेहरुसँग अख्तियारको प्रहरी भन्दै पैसा असुल्ने पक्राउ

नेपाल-भारत आउजाउ गर्नेहरुसँग अख्तियारको प्रहरी भन्दै पैसा असुल्ने पक्राउ

दिल्ली, 1 जुलाई 2022

आफू अख्तियारको इन्स्पेक्टर भएको भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको विभिन्न नाकामा गई भारतबाट नेपाल आउने विभिन्न व्यक्तिहरूसँग रकम उठाउँदै गरेका एक व्यक्तिलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। जलेश्वर नगरपालिका–१२, थरुवाहीनिवासी ३० वर्षीय रवि ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।  भारतबाट पसलको सामान ल्याउने साना व्यवसायी तथा तथा घरायसी प्रयोजनका लागि भारतबाट सामान ल्याउने व्यक्तिहरूसँगसमेत रकम असुल गर्ने गर्थे। सशस्त्र प्रहरीको बिओपी जलेश्वरका इन्चार्ज प्रहरी निरीक्षक बिर्खबहादुर शाहीले नाकामा अख्तियारको इन्स्पेक्टर बनेर विगत केही दिनदेखि एक व्यक्तिले यात्रु ठगिरहेको सूचना पाएपछि उनको कमान्डमा गएको पाँचजनाको टोली र प्रहरी चौकी नैन्हीबाट असई प्रभुनारायण यादवको टोलीले ठाकुरलाई रंगेहात पक्राउ गरेको हो । प्रहरी टोलीलाई देख्नासाथ भारतको नौबाही र नेपालतर्फको नैन्हीस्थित नाकामा पैसा उठाइरहेका ठाकुर भागेपछि उनलाई पछ्याएर पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण हेडक्वाटर महोत्तरीले जनाएको छ ।

उनीसँगै लोहारपट्टीको भ्रमरपुरानिवासी थप दुईजनालाई पनि प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । पक्राउ परेका ठाकुरसँग उनकै नाममा रहेको नेपालका विभिन्न कागजातसहित भारतको आधार कार्ड र प्यान कार्डसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । ठाकुरले विगत केही समयदेखि महोत्तरीको सम्सी, भिठामोड, इटहर्वा, कट्टी, नैन्हीलगायतका विभिन्न नाकाबाट रकम उठाउने गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...