HomeFeatureनेपाल-भारत समन्वय समितिको बैठक बैतडीमा सम्पन्न

नेपाल-भारत समन्वय समितिको बैठक बैतडीमा सम्पन्न

नयाँदिल्ली, ५ मार्च, २०२०
नेपाल-भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा बुधबार सम्पन्न भएको छ । सात बुँदामा सहमति गर्दै बैठक सकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

शान्ति सुरक्षा, विपद् व्यवस्थापन, झुलाघाटमा मोटरेबल पुल निर्माण र ओखटोपहार नियन्त्रणसम्बन्धी सहमति भएको हो। यसका साथै कोरोना भाइरस, पहिरो र पेन्सनसम्बन्धी गरेर सात बुँदामा सहमति भएको हो।

सीमामा हुने अपराध नियन्त्रणका लागि दुवै देशले समन्वय गर्ने, विपद्पूर्व तथा विपद्का बेला सूचना आदानप्रदान गर्ने, कोरोना भाइरस फैलन नदिन सीमा रहेका हेल्थ डेस्कमा जाँच गर्ने, उपकरणमा सहयोग गर्ने, सीमा क्षेत्रमा हुने सडक निर्माणका बेला हुने सम्भावित ख्याल गर्ने गरी निर्माण गर्ने र भारतीय पेन्सनधारी नेपाली नागरिकले पेन्सन बुझ्न भएको समस्या समाधानका लागि पहल गरिने, नेपाल-भारत सिमानाका झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि प्रदेश सरकार र केन्द्रीय सरकारलाई अनुरोध गर्ने सहमति भएको हो ।

बैठकमा भारतको पिथौरागढ जिल्लाका डिस्टिक म्याजिस्टेट (डिएम) डाक्टर विजयकुमार जोगदण्डे, बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...