HomeFeatureनेपाल राष्ट्र यति बेला ट्रान्जिसनमा छ: देउवा

नेपाल राष्ट्र यति बेला ट्रान्जिसनमा छ: देउवा

काठमाडौं, 18 अक्टूबर 2022

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धनमा को रूख, को हँसिया हथौडा भन्ने नै नभएको बताएका छन् । ललितपुरमा गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई मंगलवार सम्बोधन गर्दै उनले भने, ‘अब को हँसिया हथौडा, को रुख, को कलम भन्ने नै छैन । जहाँ जो छ त्यसैलाई भोट हाल्ने हो ।’ कार्यक्रममा देउवाभन्दा अघि बोलेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि एक अर्काको चिह्नमा मत हाल्न नहिच्किचाउन नेता कार्यकर्ताहरूलाई आग्रह गरेका थिए ।

कार्यक्रममा देउवाले भने, ‘अब को हँसिया हथौडा, को रुख, को कलम भन्ने नै छैन । कलम भएको ठाउँमा कलमलाई नै भोट हाल्ने, हँसिया हथौडा भएको ठाउँमा हँसिया हथौडामा नै भोट हाल्ने र रूख भएको ठाउँमा रुखलाई नै भोट हाल्ने । यत्ति भए पुगिहाल्यो नि ।’

त्यसअघि, देउवाले नेपाल अहिले पनि ट्रान्जिसनमा रहेको बताएका थिए । ‘नेपाल राष्ट्र यति बेला ट्रान्जिसनमा छ । लोकतन्त्रलाई स्थायी बनाउनुछ’, उनले भने ।

अब नेपाल स्थायी शान्तिको बाटोमा अघि बढेको पनि उनले बताए । नेपाललाई असफल राज्य हुनबाट गठबन्धनले जोगाएको पनि उनले बताए । ‘नेपाल असफल राज्य हुनबाट जोगिएको छ । नेपाल स्थायी शान्तितिर अगाडि बढेको छ । आर्थिक अवस्था सुधार हुन थालेको छ । नेपालको समावेशी प्रजातन्त्र अध्ययन गर्न विदेशीहरू आउन थालेका छन्’, देउवाले भने ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा संसद् विघटन गरेको भन्दै देउवाले विरोध गरेका थिए । ‘ओलीजीले दुई पटक संसद भंग गर्नुभयो । संविधान बनाउँदा कुनै पनि हालतमा संविधान भंग गर्न पाइँदैन भन्ने व्यवस्था गरिएको थियो । राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गरिदिनुभयो । साँझ गरेको भए हुन्थ्यो । बिहान गरेको भए पनि हुन्थ्यो । भर्खर चुनावको बेला भएको छ । यहाँले २ वर्ष अघि नै संसद भंग गरिदिनुभयो’, देउवाले भने ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...