HomeFeatureनेपाल र भारतका रक्षामन्त्रीबीच बैंग्लोरमा भेटवार्ता

नेपाल र भारतका रक्षामन्त्रीबीच बैंग्लोरमा भेटवार्ता

दिल्ली, 13 फरवरी 2023

नेपालका रक्षामन्त्री हरिप्रसाद उप्रेती र भारतका रक्षामन्त्री राजनाथ सिंहबीच बैंग्लोरमा भेटवार्ता भएको छ । भारतको बैंग्लोर सहरमा सोमबारबाट सुरु भएको ‘एरो इन्डिया–2023’ मा सहभागिता हुन पुगेका रक्षामन्त्री उप्रेती र रक्षामन्त्री सिंहबीच साइड-लाइनमा भेटवार्ता भएको हो । भारतीय रक्षामन्त्री सिंहद्वारा मंगलबारका लागि  आयोजित रक्षामन्त्रीहरूको सम्मेलन र रक्षासम्बन्धी प्रदर्शनीमा सहभागी हुन उनी बेंग्लोर पुगेका हुन् । भारतीय रक्षामन्त्रीसँगको भेटमा दुई देशबीचका सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । रक्षामन्त्रीको टोलीमा नेपाली सेनाका बलाधिकृत रथी सरोज-प्रताप राणा र रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी छन् ।

‘एरो इन्डिया’ नाम दिइएको रक्षा प्रदर्शनीको बीचमा रक्षामन्त्री सिंहले रक्षामन्त्रीहरूको सम्मेलन आयोजना गरेको प्रेस इन्फरमेसन ब्युरोले जनाएको छ ।

यसपालि एरो इन्डियाको 14औँ संस्करण आयोजना हुन लागेको हो, जुन करिब 35 हजार वर्गमिटरको क्षेत्रमा आयोजना हुनेछ । हालसम्म सात सय 31 भन्दा बढी स्टल दर्ता भएका छन् ।

यो कार्यक्रम 1 देखि 5 फागुनसम्म हुनेछ । एरो इन्डिया प्रदर्शनीमा भारतको रक्षा र एरोस्पेस क्षेत्रमा बढ्दो प्रगति तथा बलियो र आत्मनिर्भर नयाँ भारतको उदयको झल्को दिने गरी तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ‘द रनवे टु अ बिलियन अवसर’ भन्ने नारा दिइएको छ ।

रक्षामन्त्रीहरूको सम्मेलनको नाम सेयर्ड प्रोस्पेरिटी थ्रु इन्हान्स्ड इन्गेजमेन्ट इन डिफेन्स (स्पिड) दिइएको छ । भारतीय रक्षामन्त्री सिंहले एरो इन्डिया व्यापारिक कार्यक्रम भएको र यसले अन्य मुलुकसँग भारतको रक्षा सम्बन्ध सुदृढ गर्ने लक्ष्य राखेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...