नेपाल संवत्लाई सरकारको दस्तावेजमा लेख्ने गरी निर्णय गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ, 11 नोभेम्बर 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत्लाई नेपाल सरकारको दस्तावेजमा लेख्ने गरी निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
साहित्यकार पद्यरत्न तुलाधरको पाँचौँ स्मृति दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत्लाई सरकारका दस्तावेजमा लेख्ने घोषणा गरेका छन्।
साहित्यकार पद्यरत्न तुलाधरको पाँचौँ स्मृति दिवसका अवसरमा शनिबार बिहान काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त घोषणा गरेका हुन्।
‘मैले पहिलोपटक नै प्रधानमन्त्री हुँदा क्याबिनेटबाट नै नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा मान्यता दिएँ। अब नेपाल संवत ११४४ आउँदै छ’,उनले भने, ‘अब नेपाल संवत राष्ट्रिय संवत भनेर मात्रै भएन। त्यसलाई व्यवहारमा कार्यान्वयन पनि गर्नुपर्यो। अब मेरै भागमा परेको छ, सायद अब त्यो राष्ट्रिय संवत् नेपाल सरकारको दस्तावेजमा लेखिन्छ।’









































