HomeFeatureनेपाल सरकारको क्लिन चिटका बावजुद चीनले सीमा मिचेको प्रदेश सांसदको दावी

नेपाल सरकारको क्लिन चिटका बावजुद चीनले सीमा मिचेको प्रदेश सांसदको दावी

सिमीकोट, 18 अक्टोबर                                          हुम्लामा चीनले सीमा मिचेको सम्बन्धमा नेपाल सरकारले चीनलाई क्लिन चिट दिए पनि प्रदेश सांसदले अन्तर्राष्ट्रिय समूदायको ध्यानाकर्षण गराएका छन । हुम्ला जिल्ला प्रदेश क्षेत्र नं “ख” बाट प्रतिनिधित्व गर्ने प्रदेश सांसद जिवन बहादुर शाहीले हुम्लामा चीनले सीमा मिचेको बिषयमा अन्तराष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराएका हुन । चीनले सीमा मिचेको जानकारी पाए लगत्तै सबै सीमा स्तम्भहरुको निरिक्षण गरेर हुम्ला सदरमुकाम सिमकोट फर्केका शाहीले अंग्रेजीमा एक भिडियो सन्देश जारी गर्दै सरकारको नियतमाथि गम्भिर प्रश्न उठाउँदै सीमामा चिनियाँ अतिक्रमणका बारेमा अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका हुन् । निरिक्षणबाट फर्केका शाहीले स्थानियहरुको भनाइ तथा अन्य तथ्यहरु समेटेर बनाएको निरिक्षण प्रतिवेदन समेत सार्वजनिक गरेका छन् । सोही प्रतिवेदन समेत राखेर शाहीले प्रधानमन्त्री परराष्ट्रमन्त्री कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।
चीनसँग जोडिएको सीमा नाम्खाको लिमिलाप्चा ललोङजोङमा सीमा मिचेर चिनियाँहरुले भवनहरु बनाएको ठाउँभन्दा केहि किलोमिटर अगाडीबाट विगतमा नेपालीहरुले नेपालतर्फ बाटो खनेको समेत शाहीले स्मरण गराए । चिनियाँ सीमातर्फबाट बाटो खन्दै नेपालतर्फ आइपुग्दा चिनियाँहरुले भवन बनाएको ठाउँमा 2 देखि 3 किलोमिटर हुने उनले बताए । यदि नेपालीहरुको नभएको भए उनीहरुले किन बाटो खन्न दिएका थिए अनि नेपालीहरुले आवातजावत नभएको समय पारी किन भवन बनाएर कब्जा गरे उनले प्रश्न उठाए । नेपाली जमिनमा चिनियाँहरु अतिक्रमण गरि जवर्जस्ती बसेको उनले जानकारी गराए ।
उत्तरी सीमामा रहेका नेपालीहरुका पिता पुर्खाको पालादेखि सो भूमी नेपालीहरुले नै हकभोग गर्दै आएपनि अहिले चिनियाहरुले कब्जा गरेदेखि आवातजावतमा पनि समस्या सिर्जना गरेको बताए । आफ्नो भूमिका बारेमा स्थानिय जनप्रतसनिधीहरुले कुरा उठाउँदा सरकारका परराष्ट्रमन्त्रीलाई चीनले सीमा नमिचेको प्रतिक्रिया दिन हतारो भएकोमा उनले आश्चर्य प्रकट गरे । जिल्लाबाट खटिएका सरकारी अधिकारीहरुले सरकारलाई प्रतिवेदन दिनुअघि नै सरकारले हतारमा प्रतिक्रिया दिएर सहि काम नगरेको उनले बताए ।
नेपाल कहिले पनि कसैको उपनिवेश हुनु नपरेको स्मरण गराउँदै काँग्रेस केन्द्रिय सदस्य समेत रहेका शाहीले सरकारका मन्त्री र अधिकारीहरुको व्यवहारले नेपालीहरुलाई नै लज्जित तुल्याएको बताए । सीमामा स्तम्भहरु भत्काइएको, नयाँ बनाएर हालेको, सीमास्तम्भमा नै संरचना बनाएको र घेराबन्दी गरेका तथा सीमामा रहेका चिनियाँ सुरक्षाकर्मीहरुले नेपालीहरुमाथि दुर्व्यवहार जस्ता गतिविधीहरु आफूहरुले प्रत्यक्ष देखेर भोगेर आएको सुनाउँदै शाहीले विज्ञहरु पठाएर सबै सीमास्तम्भहरुको अध्ययन अनुसन्धान गर्न माग गरे । तर सरकार त्यसतर्फ क्रियाशिल हुनुभन्दा पहिले नै चीनले सीमा मिचेको छैन भनेर जवाफ दिन हतारो गरेकोमा उनले आश्चर्य जनाए ।
नेपाल कमजोर होला, सानो होला तर स्वाभिमानका साथ सीमाको बिषयमा कुरा राख्दा हामी माग्ने होइनौ भन्ने कुरा छिमेकीले बुझ्नुपर्ने उनले बताए । ८ मिनेट लामो भिडियोमा उनले भनेका छन, ‘ संसारले यो बुझ्न जरुरी छ की नेपालम भन्दा अत्यन्तै ठूलो महाशक्ति राष्ट्र चीनले आफ्नो कमजोर छिमेकीको सीमा मिचेर जमिन कब्जा गरेको छ । सीमामा भएका यस्ता सबै अतिक्रमण अन्त्य गरि सारा हुम्लीसँगै नेपालीलाई न्याय चाहिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...