बाजुरा, 26 जुन 2021
नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा बाजुराबाट ४ जना स्काउट शिक्षकहरु विभूषित भएका छन । नेपाल स्काउटमा १५ वर्ष सेवा गरेका जिल्लाका ४ जना स्काउटरहरु दिर्घ सेवा पदकबाट सम्मानित भएका हुन ।
बाजुराबाट विभूषित हुनेमा चन्द्र बहादुर अएडी, हिरालाल रेग्मी, चेतराज जैशी र भक्तराज जैशी रहेका छन उनिहरू सबै दिर्घसेवा पदकबाट विभूषित भएको नेपाल स्काउट केन्द्रिय कार्यालय काठमाण्डौले जनाएको छ ।









































