HomeFeatureनेपाल स्टक एक्सचेन्ज (नेप्से)-ले शेयर कारोबारको समय एक घण्टा बढायो

नेपाल स्टक एक्सचेन्ज (नेप्से)-ले शेयर कारोबारको समय एक घण्टा बढायो

काठमाण्डौँ, 15 मार्च 2020

नेपाल स्टक एक्सचेन्ज (नेप्से)-ले आईतबारदेखि शेयर कारोबारको समय एक घण्टा थप गरेको छ। नेप्सेले बजारको माग, अन्तर्राष्ट्रिय प्रचलन र लगानीकर्ताको हितलाई ध्यानमा राखेर कारोबार समय बढाएको जनाएको छ। बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आएको बोलकबोल र निरन्तर कारोबार समयलाई १ घण्टा थप गरी ४ बजेसम्म गर्ने व्यवस्था गरेको हो। नेप्सेका महाप्रवन्धक चन्द्रसिंह साउदले कारोबार समय परिक्षणको रूपमा थपिएको र यसले बजारमा पार्ने असरको आधारमा फेरि परिमार्जन गर्न सकिने बताउनुभयो। उहाँले शेयर कारोबारका लागि लगानीकर्ताले समय कम भएको गुनासो गरेको र अन्तर्राष्ट्रिय पूँजी बजारको समय बढी हुनेगरेको अवस्थामा नेपालमा पनि लगानीकर्ताको हितमा हुने गरी नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार कारोबारको समय थप गरेको बताउनुभयो।

महाप्रबन्धक साउदले नेप्सेको कारोबार समय बढ्दा बजारमा सकारात्मक फाइदा पुग्ने दावी समेत गर्नुभयो। उहाँले समय बढाउँदा कारोबार रकम अझ बढ्न सक्ने अपेक्षा गरिएको बताउनुभयो। तर कारोबार समय थप हुँदा बजारमा इण्डेक्स बढ्छ या घट्छ भन्ने प्रतिकृया दिन नहुने र कसैले दिए विश्वास नगर्न समेत आग्रह गर्नुभयो।

नेप्सेले कारोबार समय थप गरेसँगै तीन भागमा वर्गीकरण हुनेगरी कारोबारको समय निर्धारण गरेको छ। जस अनुसार प्रारम्भिक कारोबार समय १० बजेर ३० मिनेट देखि ११ बजे सम्म, बोलकबोल तथा निरन्तर कारोबार समय १ घण्टा बढाएर ११ बजे देखि ४ बजे सम्म र अन्तिम कारोबार ४ बजेर ५ मिनेट सम्म कायम गरेको हो। महाप्रवन्धक साउदले कारोबार समय थप गर्दा नेप्सेमा प्राविधिक रुपमा कुनै समस्या नरहेको समेत बताउनुभयो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...