HomeFeatureनेप्से परिसुचक दोहोरो अंकले घट्यो

नेप्से परिसुचक दोहोरो अंकले घट्यो

काठमाण्डौ, 31 अगस्त 2021

साताको तेस्रो दिन मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसुचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज परिसुचक ३०४७.२६ बिन्दुबाट सुरु भएको सेयर कारोबार २९७५.८४ बिन्दुमा गएर सेयर कारोबार बन्द भएको हो । मंगलबार बजार बन्द हुँदा नेप्से २.२७ प्रतिशतले घटेको छ । नेप्से परिसूचक दोहोरो अंकले घट्दा कारोबार रकम समेतमा प्रभाव देखिएको छ । कुल २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७ सय १३ किता शेयर १३ अर्ब २५ करोड९६ लाख ९६ हजार एक सय ७ रुपैयामा शेयर खरिद बिक्री भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार भएका १३ वटा उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैकिंङ १.१५, ट्रेडिङ २.८८ ,होटल तथा पर्यटन १.३३, बिकास बैँक ३.४८, हाईड्रो पावर ३.४६ , फाइनान्स ३.०८, नन लाईफ ईन्सुरेन्स २.६३ , उत्पादन २.८१, माइक्रो फाईनान्स २.८२ , लाईफ ईन्सुरेन्स २.५९, म्युचल फण्ड ०.७७ , ईन्भेष्टमेन्ट २.५८ तथा अन्य ३.१८ बिन्दुले शेयर घटेको छ । कारोबारको आधारमा कर्णली  बिकास बैँक लिमिटेड शिर्ष स्थानमा रहेको छ । मनकामना स्मार्ट लघुवित्तीय संस्था ,सपोर्ट माईक्रो फाईनान्स, करपोरेट डेभलपमेन्ट, सिटिजन म्युचल फण्ड , शिर्ष स्थानमा रहेको छ । आजको कारोबारमा बढि गुमाउनेहरुमा रुरु जलविघुत परियोजना ९.९९, माउन्टेन हाईड्रो लिमिटेड ७.७६, हिमालयन उर्जा बिकासकम्पनी लिमिटेड ६.९२, सिभिल लघुवित्तीय सस्था लिमिटेड ६.५९, गलेम्दी हाईड्रो लिमिटेड ५.९४ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...