नयाँ दिल्ली, 17 जुन 2021
नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाली विद्यार्थी संघ भारतको बुधवार भएको एक भर्चुअल बैठकबाट गिरु न्यौपानेको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । सन 2013 देखि भारतमा रहदै आएका सीए विद्यार्थी गिरु न्यौपानेले यस अघि सिए नेपाली विद्यार्थी संघको अध्यक्ष र त्यसअघि सचिवको जिम्मेवारी सम्हालेका थिए । भर्चुअल कार्यक्रममा नेपाल बिद्यार्थी संघ भारतका निवर्तमान अध्यक्ष अम्बिका जोशी लगायत सम्पूर्ण पदाधिकारीहरु, जनसम्पर्क समिति भारत र अन्य सरोकारवाला निकायहरुसंग छलफल गरी सर्व सम्मतिमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
नयाँ कार्यसमितिमा दिल्लीमा अध्ययनरत विद्यार्थी गिरु न्यौपाने अध्यक्ष, दिल्लीबाट नै आशिष न्यौपाने उपाध्यक्ष, बेङ्गलोरबाट धन बहादुर गुरुधामी उपाध्यक्ष, दिल्लीबाट पर्सुराम भण्डारी उपाध्यक्ष, भोपालबाट सागर गैरे, उपाध्यक्ष, कोलकाताबाट मनिषा अधिकारी उपाध्यक्ष, वाराणसीबाट – ईश्वर अधिकारी उपाध्यक्ष, दिल्लीबाट तिर्थ अर्याल उपाध्यक्ष, दिल्लीबाट सुजन नेपाल उपाध्यक्ष, दिल्लीबाट सागर शाही उपाध्यक्ष, हैदराबादबाट निरज बोगटी उपाध्यक्ष, चण्डीगडबाट पल्लभी काफ्ले उपाध्यक्ष, ( वाराणसीबाट सुर्य न्यौपाने महामन्त्री, दिल्लीबाट सुमित ओझा कोषाध्यक्ष, दिल्लीबाट समिक्षा पाण्डे सहमहामन्त्री, दिल्लीबाट श्रीचन्द्र पाण्डे सहमहामन्त्री, वाराणसीबाट सन्तोष पौड्याल सहमहामन्त्री, सुशील बराल- सहमहामन्त्री, कृष्ण अधिकारी- सहमहामन्त्री, हैदराबादवाट दिनेश नेपाली सहमहामन्त्री, देहरादुनबाट सुदर्शन कठायत सहमहामन्त्री, (चण्डीगडबाट सुरज भट्टराई सहमहामन्त्री, सदस्यहरुमा
सेखर नेपाल ( हरिद्वार ), नरेन्द्र उपाध्याय, चन्दन कुसुवा ( दिल्ली), सुसस्मिता श्रेस्ठ (बैङ्गलोर ), अनुज पौडेल ( वाराणसी), किशोर भट्टराई (वाराणसी), निपुण राज पौडेल (गुजरात ), रविभुषण प्रसाद यादब ( गुजरात), रामानुज आचार्य ( बृन्दाबन), प्रकाश निरौला ( बृन्दाबन), सन्दीप शर्मा (हैदराबाद), बिनोद देबकोटा (दिल्ली ), सक्षम तिवारी , सरद भुसील (लुधियाना), शिव घिमिरे (चण्डीगड), बिष्णु प्रसाद काफ्ले रहेका छन ।
नयाँ कार्यसमितिलाई यथासक्य अधिवेशन गरि कार्यसमिति विस्तार गर्ने जिम्मेवारी केन्द्रीय समितिले दिएको छ । भर्चुअल बैठकमा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे प्रमुख अतिथि रहनु भएको थियो भने नेवि संघका केन्द्राय अध्यक्ष राजीव ढुङ्गाना विशेष अतिथिका रुपमा उपस्थित रहनु भएको थियो । त्यसैगरि बैठकमा नेविसंघ भारतका पूर्व अध्यक्षहरु, सन्दिप राना, अम्बिका जोशी, मदन भण्डारी, पदम भट्टराई लगायत भारतका विभिन्न नेविसंघका शाखाका सदस्यहरु उपस्थित रहेका थिए । नेपाल विद्यार्थी संघ भारतको निकै पुरानो इतिहास रहेको छ । नेपाल विद्यार्थी संघको अहिले भारतमा कयौं शाखाहरु रहेका छन । त्यसमध्ये 11 वटा शाखाहरु सक्रीय रहेका छन ।









































