काठमाडौं, 25 मार्च 2022
नेविसंघको तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनित गरेको भन्दै असन्तुष्ट पक्षले कांग्रेस पार्टी कार्यालय सानेपाअघि विरोध प्रदर्शन गरेको छ । शुक्रबार केन्द्रीय समितिको बैठक बसिरहदा उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । गत बुधबार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गर्नुभएको थियो । नियुक्तिपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले अरु केही जान्दैनौ, एकाधिकार मान्दैनौ, न्यायोचित अवसरका लागि हाम्रो अभियान लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।









































