HomeFeatureनेसनल अवार्ड: उत्कृष्ट कंगना र मनोज, 'छिछोरे'ले अवार्ड पाउँदा सुशान्तको सम्झना 

नेसनल अवार्ड: उत्कृष्ट कंगना र मनोज, ‘छिछोरे’ले अवार्ड पाउँदा सुशान्तको सम्झना 

दिल्ली, 25 अक्तूबर 2021

सोमबार दिल्लीमा 67 औं नेसनल फिल्म अवार्डमा अभिनेत्री कंगना रनावतले ‘मनिकर्णिका’: द क्वीन अफ झाँसी  र ‘पंगा’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् ।’भोसले’बाट मनोज बाजपायी र धनुषले ‘असुरन’बाट उत्कृष्ट अभिनेताको अवार्ड पाए । उनले सामाजिक सञ्जालमार्फत अवार्ड लिने तस्बिर सेयर गरेकी छिन्। कंगनाले लेखेकी छिन्, ‘आज म मणिकर्णिका: द क्वीन अफ झाँसी र पंगाका लागि संयुक्त राष्ट्रिय पुरस्कार प्राप्त गर्न जाँदैछु। म मणिकर्णिका: द क्वीन अफ झाँसी पनि सह-निर्देशित छु। म यी चलचित्रका टिमलाई धन्यवाद दिन चाहन्छु । यसअघि कंगनाले आफ्नो उत्साह सेयर गर्दै सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘आज म भारतको सर्वोच्च सम्मान प्राप्त गर्न तयार छु। राष्ट्रिय पुरस्कार। यो मेरो चौथो राष्ट्रिय अवार्ड हो। ‘फेसन’ को लागि पहिलो राष्ट्रिय अवार्ड जिते। कंगनाले नेसनल अवार्ड चौथो पटक पाएकी हुन् ।

दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको फिल्म ‘छिछोरे’ले उत्कृष्ट फिल्मको अवार्ड पायो । निर्देशक नितेश तिवारीले कार्यक्रममा सुशान्तको अभाव खड्किएको बताए । ‘यो अवार्ड सुशान्तलाई समर्पित गर्न चाहन्छु । सुशान्त हाम्रो फिल्मको प्रमुख व्यक्ति थियो ।,’ रेड कार्पेटमा हिँड्दै गर्दा भारतीय मिडियालाई नितेशले भनेका थिए । फिल्मलाई साजिद नाडियावले निर्माण गरेका थिए ।कार्यक्रममा अभिनेता रजनीकान्तलाई फिल्म क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै ‘दादासाहेब फाल्के अवार्ड’बाट सम्मान गरियो । भारतको प्रतिष्ठित अवार्डमध्यको यो अवार्ड कार्यक्रम पनि महामारीकै कारण पछाडि सरेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...