HomeFeatureन्युजिल्यान्डले जित्यो कोरोनालाई, अन्तिम संक्रमित पनि अस्पतालबाट डिस्चार्ज

न्युजिल्यान्डले जित्यो कोरोनालाई, अन्तिम संक्रमित पनि अस्पतालबाट डिस्चार्ज

एजेन्सी, 9 जुन 2020

पुरै विश्व कोरोना महामारीका कारण आक्रान्त बनेका बेला न्युजिल्यान्डले भने कोरोना संक्रमण मुक्त भएको छ । कोरोना महामारीको खतरालाई शुरुवातमै आकलन गर्न सकेकाले आज न्युजिल्यान्ड कोरोना मुक्त भएको छ । अस्पतालमा उपचारार्थ कोरोनाका अन्तिम संक्रमित व्यक्ति संचो भएर सोमबार अस्पतालबाट डिस्चार्ज भएपछि न्युजिल्यान्डले राहत पाएको छ ।

पछिल्लो 17 दिनमा देशमा कोरोना संक्रमणको नयाँ मामिला भेटिएको छैन । न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्दा अर्डनले सोमबार घोषणा गर्दै अब देशमा कोरोना संक्रमण शून्य भएको बताइन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार न्युजिल्यान्डकी प्रधानमन्त्रीले सामाजिक र आर्थिक प्रतिवन्ध हटाँउदै अब देश समान्य अवस्थामा आउने बताएकी छिन । उनले हामीले कोरोनालाई शून्यमा झारे पनि यसविरुद्धको कामहरु जारी रहने बताइन् ।

उनले भनिन ” देशमा कोरोनाको संक्रमण शून्य भए पछि मैले खुशी भएर डान्स गरे । ”

विश्वभर कोरोनाका कारण 72 लाख 364 जना संक्रमित भएका छन भने अहिलेसम्म 4 लाख 8 हजार 744 जनाले ज्यान गुमाएका छन ।

न्युजिल्यान्डमा भने 1 हजार 154 जना मात्रै संक्रमित भएका थिए । 50 लाख जनसंख्या भएको न्युजिल्यान्डमा 22 जनाको ज्यान गएको छ ।

न्युजिल्यान्डले आफ्नो देशमा संक्रमण फैलिन नदिन कठोर कदम चालेको थियो । प्रधानमन्त्रीले शुरुवातमै देशको सीमाहरु सील गरेर कडा नियमहरु लागु गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...