चंडीगढ़, 20 सितम्बर 2021
पंजाबलाई आज नयाँ मुख्यमन्त्री मिलेको छ। सोमबार बिहान चरणजीत सिंह चन्नीले मुख्यमन्त्रीको सपथ लिनु भएको छ। चरणजित सिंह चन्नी पन्जाब को 16 औं मुख्यमन्त्री हुनु हुन्छ, तर पहिलो दलित मुख्यमन्त्री हुनु हुन्छ , अर्को वर्ष हुने विधानसभा चुनाव भन्दा पहिला, कांग्रेसले आफ्नो सीएम अनुहार परिवर्तन गरेको छ। चरणजीत सिंह चन्नीसँगै दुई उपमुख्यमन्त्री सुखजिंदर सिंह रंधावा र ओम प्रकाश सोनीले पनि शपथ लिएका छन्। चरणजित पंजाब कांग्रेस अध्यक्ष नवजोत सिंह सिद्धूको नजिक मानिन्छन्। उनी दलित सिख समुदायबाट आएका हुन्। र उनी पहिलो दलित मुख्यमन्त्री बनेका छन् जसको हातमा पंजाबको कमाण्ड दिइएको थियो।









































