HomeFeatureपतञ्जली जस्तो संस्थालाई सरकारले जग्गा उपलब्ध गराउँने प्रधानमन्त्री देउवाको भनाई, बारम्बार नेपाल...

पतञ्जली जस्तो संस्थालाई सरकारले जग्गा उपलब्ध गराउँने प्रधानमन्त्री देउवाको भनाई, बारम्बार नेपाल आउन रामदेवलाई आग्रह

काठमाडौं, 19 नवम्बर 2021

प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जली जस्तो नन प्रोफिट संस्थालाई सरकारले जग्गा उपलब्ध गराउँने बताउनुभएको छ । शुक्रबार काठमाडौंस्थीत पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभी, आस्था नेपाल टिभी र पतञ्जलि सेवा सदनको उद्घाटन गर्दै प्रधानमन्त्रीले आयुर्वेद औषधीका उत्पादनका लागि पतञ्जलीलाई जग्गा उपलव्ध गराउने बताउनुभएको हो । उहाँले विश्वभरि नै स्वास्थ्यका लागि सवैभन्दा उत्तम योग नै रहेको जिकिर गर्नुभयो । त्यस्तै उहाँले बारम्बार नेपाल आउन पनि बाबा रामदेवलाई आग्रह गर्नुभयो । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले समाजलाई निरोगितातर्फ लैजाने अभियानको सुरुवात बाबा रामदेवले गर्नुभएको बताउनुभयो । नेपालको बिकासमा पतञ्जलीको योगदान महत्पूर्ण रहेको उहाँले बताउनुभयो । नेपालमा रहेका अमूल्य जटिबुटिको प्रशोधन गर्दै उपयुक्त रुपमा प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले योग साधनाको बेग्लै महत्व रहेको धारणा राख्नुभयो । कार्यक्रममा भारतीय योगगुरु रामदेवले नेपाललाई अर्गानिक सामाजनिक सांस्कृतिक रूपमा विकास हेर्न चाहेको धारणा राख्नुभयो । नेपालको आर्थिक र सामाजिक बिषयमा पूर्ण सहयोग रहने उहाँले बताउनुभयो ।  उहाँले भौगोलिक रूपमा फरक स्थानको भए पनि संस्कृति र धर्मको पूर्वज एउटै रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...