HomeFeatureपत्रकारले जाँच दिने व्यवस्था हटाउन पत्रकार महासंघको माग

पत्रकारले जाँच दिने व्यवस्था हटाउन पत्रकार महासंघको माग

नयाँदिल्ली,३१ जनवरी
नेपाल पत्रकार महासंघले  मिडिया काउन्सिल विधेयकबाट पत्रकारको लाइसेन्सको जाँच लिने जुन व्यवस्था गरिएको थियो त्यसलाई हटाउनुपर्ने माग गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गरी महासंघले पत्रकारको लाइसेन्स जाँच लिने प्रावधान संविधानको मर्म र भावना विपरीत हुनुका साथै प्रेस स्वतन्त्रता विरोधी पनि भएको बताएको छ ।
‘अन्यथा संविधानको मूल मर्म, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास र अन्तर्रा्ष्ट्रिय मान्यता विपरीत गठन हुने मिडिया काउन्सिललाई स्वीकार गर्न महासंघ र सञ्चार क्षेत्र बाध्य हुने छैन’ विज्ञप्तिमा भनिएको छ ।

महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा लाइसेन्स जाँच लिनेलगायतका प्रेस स्वतन्त्रताविरोधी प्रावधान सच्याएर मात्र विधेयक प्रतिनिधिसभामा पठाउन राष्ट्रियसभासँग माग गरेको छ ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नयाँ आउने पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने व्यवस्थामा सहमति जुटाएपछि त्यसको सञ्चार क्षेत्रबाट विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...