काठमाडौं, 10 जून 2022
लोसपाकी सांसद चन्दा चौधरीले स्थानीय चूनावका बेला आफुमाथि भएको आक्रमण गर्नेमाथिको कारवाहीको प्रक्रियाका बारेमा सरकारसंग जानकारी माग गर्नुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद चौधरीले आफ्नै घरमा गठबन्धनका कार्यकर्ताले आफ्नो हत्या प्रयास गरेको र ८० वर्षकी आमामाथि दुर्व्यवहार गरेको भन्दै आक्रमण गर्नेमाथिको कारवाहीको प्रक्रियाका बारेमा गृहमन्त्रीसंग जानकारी माग गर्नुभएको हो । त्यस्तै २७ वर्षदेखि आफ्नो घरमा आक्रमण भएको र आफ्नो दाईलाई कांग्रेसमा रहेका बेला बेपत्ता पारिएको उहाले बताउनुभयो । उहाले आफ्नो परिवारमाथि आक्रमण गर्ने कानूनसम्वत दोषिलाई कारवाही गरि आफुलाई न्याय दिन माग गर्नुभयो । उहाले आफुमाथि भएको आक्रमणको प्रयासपछि ४० मिनेटपछि उद्दार गरिएको समेत बताउनुभयो । चूनावमा सांसदमाथि भएको यस्तो घटना अन्य केहि पनि नभएको उहाको भनाई छ ।









































