काठमाडौं, 1 अक्टूबर 2021
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफु परिस्थितिका कारण कलाकार हुन नसकेको बताउनुभएको छ । सुनाखरी मल्टिमिडिया फाउण्डेशको आयोजनामा शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय काँठे लोक दोहरी अवार्ड बितरण कार्यक्रममा प्रचण्डले सानैदेखि गीत गाउने इच्छा भएपनि परिस्थीतिले साथ नदिएको र कलाकार हुन नसकेको बताउनुभएको हो ।

गीत संस्कृति, खेल भनेपछि लठ्ठ पर्ने बानी रहेको उहाको भनाई छ । उहाले गीत संस्कृति, खेल क्षेत्र राष्ट्रको गौरवको बिषय भएको धारणा राख्नुभयो । राजनीतिक कार्यक्रम निरस हुने र आजभोली गालीगलौज पनि हुन थालेको उहाले बताउनुभयो । उहाले लोकसंस्कृति सम्बन्धी कार्यक्रममा सहभागी हुदा रिल्याक्स महसुस गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा बिभिन्न कलाकार, पत्रकार लगाएतलाई सम्मान गरिएको थियो ।









































