HomeFeatureपर्यटक आकर्षित गर्न ललितपुर महानगरले प्रभावकारी रुपमा काम गर्नुपर्छ: सिँचाइमन्त्री

पर्यटक आकर्षित गर्न ललितपुर महानगरले प्रभावकारी रुपमा काम गर्नुपर्छ: सिँचाइमन्त्री

ललितपुर, 17 दिसम्बर 2021

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पर्यटक आकर्षित गर्न ललितपुर महानगरले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउनुभएको छ । महानगरपालिकाको ‘१०३ औं स्थापना दिवस’ को अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा उहाले महानगरपालिकामा धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न सकिनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको हो । ललितपुर महानगरपालिकालाई पर्यटकीय नगरका रुपमा अघि बढाउन विकासमा पछि परेका वडालाई समेत ध्यानमा राखी योजना अघि बढाइने उहाको भनाई छ । उहाँले पुल्चोक क्षेत्रसरह विकासमा पछि परेका खोकना अनि बुङ्मती तथा हरिसिद्धिलगायत वडालाई पनि उत्तिकै विकासमा अघि बढाउन आफूहरु लागि परेको बताउनुभयो । महानगरलाई उज्यालो नगर बनाउने निर्णयअनुरुप नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरिने पनि उहाँले जोड दिनुभयो । कार्यक्रममा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफू निर्वाचित भएर आएपछि ७० पाटीपौवा निर्माण गरिसकेको जानकारी गराउनुभयो ।कार्यक्रममा महानगरपालिकामा  २५ वर्षसम्म सेवा गर्ने कर्मचारी र उत्कृष्ट करदातालाई सम्मान गरिएको थियो भने   कोरोनाबाट मृत्यु भएका सबै  वडाका एक–एक परिवारलाई रु एक लाख २० हजार सहयोग र ए डिभिजनमा पुगेको सातदोबाटो युथ क्लबलाई रु २० लाख प्रदान गरिएको थियो

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...