काठमाडौं, 2 मार्च 2022
पशुपति मन्दिरबाट श्लेष्मान्तक वनमा जाने बाग्मती नदीको पुल भत्किदा दुई जना घाइते भएका छन् ।पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको पुलको पर्खाल भत्किएको हो। रातको समयमा पशुपतिमा निकै भीडभाड रहेको पुल भत्किदा केही छिन भागदौड समेत भएको थियो । अहिले सुरक्षाकर्मीहरु घट्ना स्थलमा पुगरे पुलबाट आवतजावत रोकिएको छ ।इटाको पर्खाल रहेको सो भत्किएर नदीमा खस्दा २ जना घाइते भएका हुन् । घाइतेमध्ये एक सुदूरपश्चिमका गोविन्द भट्ट रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये अर्का एक जना अझै अर्धचेत अवस्थामा रहेको पनि प्रहरीले जनाएको छ ।









































