Homeसमाचारपश्चिम सिक्किमको मार्ताममा राई जातिको उँधौली पर्व विभिन्न कार्यक्रम गरि सम्पन्न

पश्चिम सिक्किमको मार्ताममा राई जातिको उँधौली पर्व विभिन्न कार्यक्रम गरि सम्पन्न

सिक्किम, 6 जनवरी 2020

राई जातिको 10 दिन लामो प्रमुख पर्व साकेवा तथा उँधौली पर्व आज विभिन्न कार्यक्रम गरि पश्चिम  सिक्किमको मार्ताममा समापन भएको छ। अखिल किराँत राई संघ बर्मेक- मार्ताम ब्लक पश्चिम जिल्लाको आयोजनामा सम्पन्न कार्यक्रममा राज्यका कृषि  मन्त्री एवं समष्टि विद्यायक लोकनाथ नेपाल, मुख्य अतिथि, हेवेन्ली पथ अर्गनाइजेशनका राष्ट्रिय अध्यक्ष गणेश कुमार याङ्मा, कार्यकारी समितिका अध्यक्ष बीबी राई, नेपालबाट आएका अतिथिगण साथै स्थानीयको बाक्लो उपस्तिथि रहेको थियो ।

साकेवा पर्व समारोह उँधौली पूजामा पश्चिम सिक्किमका विभिन्न स्थानबाट भेला भएका माङ्पा बिजुवाहरुद्वारा पुजा अर्चना गरेका छन् उल्लेखनीय छ, प्रकृती पुजक राई जातिले आफ्नो बारीमा फसल लगाउँदा अन्नबाली राम्रो होस भनेर र फसल पाकेपछि धन्यवाद दिन आफ्नो पितृ देवतालाई सम्झना गर्ने गरिन्छ ।

पाकेको बालीलाई घरमा थन्क्याउने पर्वका रुपमा साकेवा पर्वलाई लिइन्छ । साकेवा दुई प्रकारको मनाइन्छ। बैशाख महिनामा अन्न बाली लगाउँदा उभौली र मङ्गसीरमा फसल उठाएपछि उँधौली साकेवा मनाइन्छ भन्ने अभिव्यक्ति आफ्नो स्वागत सम्बोधनमा समितिका अध्यक्ष बिबि राइले जानकारी दिएका थिए भने हेवेन्ली पथ अर्गनाइजेसनका राष्ट्रिय अध्यक्ष गणेश कुमार राइले जातीय एकता सद्भावमा रहेर समाजको काम गरे देशको विकास हुने बताउँदै अहिलेका युवाहरुलाई आर्थिक, आध्यात्मिक र नैतिक हुन आवहान गरे।

विभिन्न कलाकारद्वारा राई जातिको विशेष नृत्यशैलीका साथै राई भाषामा गीतहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा आयोजक समितिको तर्फबाट मुख्य अतिथिलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको थियो भने राष्ट्रिय शिक्षा पुरस्कारले सम्मानित अवकाश प्राप्त शिक्षक एन एल शर्मालाई अभिनन्दन जनाइएको थियो यसरी नै हेवेन्ली पथ अर्गनाइजेशनका राष्ट्रिय अध्यक्ष गणेश याङ्मा अनि सेमिङ गुरु, नेपालबाट आएका बिशिष्ट अतिथि अशोक मुकारुङ, प्रभु मुकारुङ अनि नर्थ इस्ट आइडलका बिजेता पृतम राइलाई पनि सम्मान जनाइएको थियो।

मन्त्री एवं समष्टि विद्यायक लोकनाथ नेपालले सिक्किमको विभिन्न जातिको अस्तित्व र अस्मितालाई संरक्षण गर्न सिक्किम सरकार लागी परेको बताउदै सिक्किममा एसकेएम पार्टी सरकारमा पुगेर सबै सिक्किमको जातजातिलाई एकताको मालामा उनने काम गरिरहेको बताए। सिक्किमका सबै धर्म र जातको बिकास भएको, सिक्किममा सरकार परिवर्तन भएको छ यो जनताको मतले सरकार परिवर्तन भएको उनले बताए। हाम्रो सरकारले कुनै एउटा सिङ्गो जातिको उत्थान गर्न सरकारमा आएको होइन तर कुनै जात समुदायलाई न छुट्याइकन व्यवस्था परिवर्तन गरिने बताएका छन् । साकेवा पर्वको अवसरमा बोल्दै भने यो पर्व राई जातिले मनाउदै आएको छ अनि यस पर्वलाई पालन गर्दा हामी सिक्किमका सबै जाति एक भएर काम गरेका छौं उनले भने। मन्त्री नेपालले सबैले परिवर्तनलाई स्वीकार गरेर सबैको उत्थान गर्नुपर्ने आवहान गरे। राई जातीको थातीमा रहेको पुर्वधारलाई सफल गर्न वर्तमान सरकार लागि परेको जानकारी दिदैँ आगामी दिनमा सरकारले रहल पुर्वधार विकासका कार्यहरू पूरा गर्ने साथै हरेक तह र वर्गका व्यक्तिलाई माथि उठाउने साथै प्रत्येक क्षेत्रलाई विकास गर्न सरकार नै अग्रसर रहेको बताए। उनले कृषि उत्पादन र गाई पालनमा अघि आउनेलाई सरकारले सहयोग दिने निधो गरेको उनले बताए।

कार्यक्रमको अवसरमा खुल्ला फुटबलको पनि आयोजना गरिएको थियो । गेजिङ र बिराज सिक्स बर्थाङबिच भएको रोचक भिडन्तमा बर्थाङ सिक्स विजयी बनेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...