HomeFeatureपहिलो पटक नेपालमा शल्यक्रिया नगरी मुटुको भल्ब प्रत्यारोपण

पहिलो पटक नेपालमा शल्यक्रिया नगरी मुटुको भल्ब प्रत्यारोपण

काठमाडौं, 5 मार्च 2022

पहिलो पटक नेपालमै शल्यक्रिया नगरिकनै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ । शहीद गंगालाल हृद्धय रोग केन्द्रले ८० वर्षीया महिलाको सफलतापूर्वक भल्ब प्रत्यारोपण हो । शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभीआई) विधिबाट भल्ब फेरिएको जनाए । भारतका मुटु रोग विशेषज्ञ डा. शाही सतिश नेतृत्वमा अस्पतालका टिमले सोमबार सफतापूर्वक भल्बको प्रत्यारोपण गरेको हो । शल्यक्रिया गरिएको महिला तीन दिनमै निको भएर डिस्चार्ज गरिएको उनले जनाए । मुटुबाट निस्कने मुख्य धमनिमा रहेको एओर्टिक भल्ब साँधुरोपछि रोगलाई एओर्टिक स्टेनोसी भनिन्छ । ‘एओर्टिक भल्ब साँघुरो भएपछि मुटुबाट शरीरलाई चाहिने जति रगत जान पाउँदैन । जसका कारण स्वाँस्वाँ हुने, छाती दुख्ने र बेहोस हुने जस्ता लक्षण देखिन्छ,’ डा. अधिकारी भन्छन् । यसभन्दा अगाडी एओर्टिक स्टेनोसी लागेका बिरामीलाई छाती चिरेर भल्ब प्रत्यारोपण हुँदै आएको थियो। तर, वृद्धवृद्धामा अन्य प्रकारका जटिल रोगहरु र शारिरीक दुर्बलतासमेत हुने भएकाले शल्यक्रिया बढी जोखिम हुन्छ । बिरामीलाई बेहोस गरी छाती र मुटु चिरी शल्यक्रिया गर्नु नपर्ने भएकाले यो पद्धतिमा कठिनाइहरु कम हुने र बिरामीलाई चाडै डिस्चार्ज गर्न सकिने चिकित्सक बताउँछन् । प्रत्यारोपण गरिएको भल्बले तुरुन्तै काम गर्ने हुँदा बिरामीलाई चाडै नै आराम महशुस हुन्छ । सन् २००२ मा यो पद्धति मात्रै पहिलो पटक फ्रान्समा उपचार गरिएको थियो । अन्य विकसित देशहरुमा पनि यो पद्धतिबाट उपचार हुँदै आएको छ । तर, नेपालमा भने यो पद्धतिबाट पहिलो पटक उपचार भएको हो । मानिसको उमेर बढ्दै जाँदा मुटुको भल्बमा क्याल्सियम जम्मा हुन्छ र बिस्तारै साँघुरो हुने हुन्छ । एओर्टिक स्टेनोसिसका गम्भीर लक्षण देखिएका बिरामीको दुई बर्षभित्र मृत्यु हुने सम्भावना ५० प्रतिशतले हुने अध्ययनले देखाएको छ । डा. अधिकारीका अनुसार यो पद्धतिबाट उपचार गर्न २० देखि २५ लाख लाग्छ । ‘अबदेखि यही उपचार गर्न कोही नेपाली बाहिर देश जानुपदैन,’ डा. अधिकारी भन्छन्,’ भारत तथा अन्य मुलकभन्दा ५० प्रतिशत सस्तोमा नेपालमा उपचार गर्न सक्छौं ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...