काठमाडौं, 13 अक्तूबर 2021
बुधबार पाँचखाल ९ साठीघरमा रहेको पलाञ्चोक भगवती मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दर्शन र पूजापाठ गर्नु भएको छ। छोरी निशाकुसुमको साथमा आउनु भएको उनलाई जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ, पनौतीका भीम न्यौपाने, बनेपाका लक्ष्मीनरसिं बादे, पाँचखाल नगर उपप्रमुख लक्ष्मी दनुवार, प्रमुख जिल्ला अधिकारी शिवकुमार पोखरेल, पाँचखाल–९ का अध्यक्ष किरण श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए । हेलिकोप्टरबाट नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा अवतरण गरेपछि स्कर्टिङमा मन्दिर पुग्नु भएको हो।









































