HomeFeatureपाँचदलीय गठबन्धनले नागरिकताको विषयमा जनता विभाजित गर्ने प्रयास गरिरहेको पोखरेलको आरोप

पाँचदलीय गठबन्धनले नागरिकताको विषयमा जनता विभाजित गर्ने प्रयास गरिरहेको पोखरेलको आरोप

काठमाडौं, 24 सितंबर 2022

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकतालाई सौदाबाजीको विषय बनाउन नहुने बताएका छन्। नेकपा एमालेमा प्रवेश गर्ने अन्य पार्टीका नेता कार्यकर्ताहरूको संख्या लाख नाघेको अवसरमा आज पार्टी कार्यालय, च्यासलमा आयोजित ‘पार्टी क्रस, लाख क्रस’ कार्यक्रममा महासचिव पोखरेलले पाँचदलीय गठबन्धनले नागरिकताको विषयमा जनता विभाजित गर्ने प्रयास गरिरहेको आरोप लगाए। उनले नागरिकता राष्ट्रको परिचय भएकाले यसलाई सौदावाजीको विषय बनाउन नहुने बताए। उनले आगामी निर्वाचनपछि जनताले एमालेलाई बहुमतका साथ सरकार गठनको अवसर दिने विश्वास व्यक्त गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने एमालेको सरकारले नागरिकताको समस्या राष्ट्रिय सहमतिका साथ सधैंका लागि समाधान गर्ने बताए। उनले नागरिकताका विषयमा राष्ट्रपतिको मार्गनिर्देशनलाईसमेत सम्बोधन गरिने स्पष्ट गरे। उनले आगामी निर्वाचनपछिको एमाले नेतृत्वको सरकारले नागरिकता, सुकुम्बासी तथा भूमिहीनका समस्या समाधान, युवाशक्तिलाई देशको निर्माणमा परिचालन, रोजगारी र उद्यमशीलताको विकास लगायत विषयलाई प्राथमिकतामा राखिने पनि बताए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...