HomeFeatureपाकिस्तानमा पहिलोपटक नेपाली चलचित्र ‘प्रेम गीत–३’

पाकिस्तानमा पहिलोपटक नेपाली चलचित्र ‘प्रेम गीत–३’

दिल्ली 12 अक्टूबर 2022

 पाकिस्तानमा पहिलोपटक नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । भारतसहित विश्वका 34 भन्दा बढी देशमा प्रदर्शनमा आएको ‘प्रेम गीत–3’ लाई पाकिस्तानमा पनि प्रदर्शन गर्न लागिएको हो । आगामी नोभेम्बर 4 (कात्तिक 18) गते प्रदर्शन गर्ने तयारी गरिएको निर्माता सन्तोष सेनले जानकारी दिए । “नोभेम्बर 4 बाट प्रदर्शन गर्ने तयारी गरिएको छ ।

यही मितिमा प्रदर्शन गर्ने तयारीस्वरुप चलचित्रको सेन्सर पनि गरिएको छ,” ‘प्रेम गीत–३’का निर्देशकसमेत रहेका निर्माता सन्तोषले भने, “पाकिस्तानको सेन्सर बोर्डका एक सदस्यले सामाजिक सञ्जालमा अमेजिङ एक्सन एन्ड म्युजिक भनेर हाम्रो चलचित्रलाई भन्नु भएको छ । यसले हामीलाई थप उत्साही बनाएको छ ।”

पाकिस्तानमा यो चलचित्र उर्दु भाषामा डबिङ गरेर रिलिज गर्न लागिएको हो । नेपाल, भारतलगायत देशमा भने यो चलचित्र असोज 7 गतेबाट रिलिज भएको थियो ।  ‘प्रेम गीत–3’ भारतबाट पनि राम्रो प्रतिक्रिया पाएको चलचित्र हो । भारतमा पहिलोपटक नेपाली चलचित्र हिन्दीमा डबिङ गरेर रिलिज गरिएको हो । नेपालमा हिन्दी र नेपाली दुवै भाषमा प्रदर्शन भइरहेको छ । उत्साहजनक व्यापार गरेको निर्माता सन्तोषले बताएका छन् । भारतमा नेपाली सिनेमाको ढोका खोल्ने पहिलो चलचित्र ‘प्रेम गीत–३’मा प्रदीप खड्का र कृष्टिना गुरुङ मुख्य भूमिकामा छन् । सन्तोष सेन र छेतेन गुरुङले यसलाई संयुक्त रूपमा निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...