HomeFeatureपाटन दरबारक्षेत्रस्थित भीमसेन मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा

पाटन दरबारक्षेत्रस्थित भीमसेन मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा

ललितपुर, 4 दिसम्बर 2021

ललितपुरको पाटन दरबारक्षेत्रस्थित भीमसेन मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा पुनर्निर्माण भइरहेको भीमसेन मन्दिरमा शनिबार स्थानीय मिलेर मन्दिरको छानो झिंगटीले छाईएको छ । ‘हाम्रो सम्पदा हामी आफै बनाऔ’ भन्ने नाराका साथ स्थानीयहरुले श्रमदान गरेका थिए । सो क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पनि पाटन दरबारक्षेत्रस्थित भीमसेन मन्दिर पुगेर श्रमदान गर्नुभएको थियो । उहाले मन्दिरको निर्माणको अवस्थाबारे पनि जानकारी लिनुभयो । मन्त्री भुसालले देशकै ऐतिहासिक भिनसेन मन्दिर जनताको सहभागीतामा नै पुननिर्मार्ण हुनु सकारात्मक रहेको बताउनुभयो । त्यस्तै मन्दिर पुनर्निर्माण सरोकार समितिका संयोजक कृष्णलाल महर्जनले भूकम्पपछि क्षति भएको मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।मन्दिर पुनर्निर्माण गर्न आवश्यक ४ करोड ९३ लाख रुपैयाँ स्थानीयको दान सहयोगबाट जुटाइएको थियो । २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त मन्दिर पुननिर्माणमा सरकारले चासो नदेखाए पछि स्थानीयले नै पुनर्निर्माण सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...