HomeFeatureपारदर्शी तरिकाले सिक्किमको विकास गर्ने सिक्किम सरकारका मन्त्री नेपालको प्रतिबद्धता

पारदर्शी तरिकाले सिक्किमको विकास गर्ने सिक्किम सरकारका मन्त्री नेपालको प्रतिबद्धता

सिक्किम, 25 जनवरी 2020/ के.एन. शर्मा
आज विकास र विज्ञानको कारणले कैयौं मुलुकहरु अगाडि छन्। जुन देशमा कृषि उब्जनी विशाल मात्रामा हुन्छ, त्यो देश धनी कहलाईन्छ। देशको विकास चाहने हो भने, धेरैभन्दा धेरै उब्जनी गरेर विदेशमा निर्यात गर्नु अत्यावश्यक छ। देशको कृषि उब्जनीलाई विश्व बजारमा बजारीकरण गर्न सकेको खण्डमा देशको अर्थतन्त्र बलियो बन्न सक्छ। यो सन्दर्भलाई कृषकहरुले गहिरो रूपमा अध्यन अनि चिन्तन गर्नु आवश्यक छ र विकास तथा सहुलियतको परिभाषा जनताले बुझ्नु पर्दछ।

गेजिङ बर्मेक निर्वाचन क्षेत्रका विधायक तथा सिक्किम सरकारका कृषि मन्त्री लोकनाथ नेपालले पारदर्शी तरिकाले सिक्किमको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गेजिङ बर्मेक निर्वाचन क्षेत्रको यसै चिन्थाङ गाउँका जनतालाई सम्बोधन गर्दै मन्त्री नेपालले यसै चिन्थाङ गाउँमा स्थापित मोडल भिलेजलाई थप सुन्दर बनाउने त्यहाँका जनताको कर्तव्य रहेको बताउनुभयो। उहाँले ग्रीन इकोनोमीको योजनामा काम गर्ने मनस्थिती बनाउन कृषकहरुलाई आह्वान गर्नुभयो। अहिले कृषि व्यावसायबाट सम्पन्न बन्ने युग आएको उहाँको तर्क थियो कुनैपनि काम गर्दा पार्टी विशेष र जाति विशेषभन्दा विपन्न वर्गका जनताको हित निम्ति काम गर्न उहाँले सुझाव दिनुभयो।

कार्यक्रममा मार्तम खण्ड विकास अधिकारी जिल्ला ग्राम पञ्चायत साथै सिक्किम क्रान्तिकारी माेर्चा पार्टीका समष्टी स्तरीय सभापति ए.बी. सुब्बालगायत स्थानीय नागरिकहरूकाे उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...