HomeFeatureपार्टीका जनसंगठनहरू मकैको ढोडजस्तो होइन, कटबाँस जस्तो बलियो हुनुपर्छ: ओली

पार्टीका जनसंगठनहरू मकैको ढोडजस्तो होइन, कटबाँस जस्तो बलियो हुनुपर्छ: ओली

काठमाडौं, 9 जनवरी 2023

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका जनसंगठनहरू मकैको ढोडजस्तो होइन, कटबाँस जस्तो बलियो हुनुपर्ने बताएका छन् ।

जनसंगठनहरूको सुदृढीकरणका लागि काभ्रेको धुलिखेलमा आज शुरु भएको दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले पार्टीका जनसंगठनहरू जुझारू र बलियो हुनुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले भने ‘पोखरीमा जमेको पानी जस्तो होइन, झरना जस्तो हुनुपर्छ जनसंगठन’

‘मकैको ढोड जस्तो होइन, जनसंगठन कटबाँस जस्तो बलियो हुनुपर्छ ।’ त्यस्ता जनसंगठनले पार्टीबाट निर्देशित, पार्टीका नीति, विचार र सिद्धान्त बोक्ने, विकृति र विसङ्गतिविरुद्ध सशक्त हुनुपर्ने अध्यक्ष ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले पार्टी भन्दा पहिला जनसंगठन जन्मिएको बताउँदै त्यसको संरक्षण मात्रै होइन, पार्टीको मियोका रुपमा कार्य गर्न निर्देशन दिएका छन् । एमालेका नौलाख सदस्यहरू जनताको घर–घर पुगेर आगामी निर्वाचनमा एक्लै ठूलो र पहिलो पार्टी बन्ने गरी लाग्नुपर्ने उनको भनाइ छ ।

पार्टीका जनसंगठनहरू जुझारू हुनुपर्नेमा ओलीको जोड छ । कार्यशाला गोष्ठीमा महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल, सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरू काशिनाथ अधिकारी, सीता पौडेल, थममाया थापा र केन्द्रीय सदस्यहरूको उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...