HomeFeatureपार्टीको १० औं महाधिवेशनबाट नेतृत्व चयनमा सहमतिका लागि आग्रह नगर्ने ओलीको स्पष्ट

पार्टीको १० औं महाधिवेशनबाट नेतृत्व चयनमा सहमतिका लागि आग्रह नगर्ने ओलीको स्पष्ट

काठमाडौं, 23 नवम्बर 2021

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको १० औं महाधिवेशनबाट नेतृत्व चयनमा सहमतिका लागि आग्रह नगर्ने स्पष्ट पार्नुभएको छ । महाधिवेशनका सन्दर्भमा मंगलबार काठमाडौंमा सम्पादकहरुसंगको छलफलका क्रममा अध्यक्ष ओलीले आफूले सहमतिका लागि आग्रह गर्दा दबाव दिएको सन्देश जान सक्ने भएकाले नेतृत्व चयनको जुनसुकै प्रक्रियालाई पनि स्वीकार गर्ने स्पष्ट पार्नुभएको हो । कार्यकर्ता वा प्रतिनिधिको इच्छा बेगर आफुले कुनै सुझाव वा कदम नचाल्ने उहाको भनाई छ । आफुले अहिलेसम्म अध्यक्ष पदमा उम्मेदवारी दिने वा नदिनेबारे अहिले निर्णय गरिनसकेको भन्दै उहाले आफु अध्यक्षमा उठ्ने भए पनि अरुलाई अध्यक्षमा नउठ्नु नभन्ने बताउनुभयो । अध्यक्षमा उम्मेद्वारी दिएर आफुलाई भीम रावलले चूनौती दिएको नभई आफूप्रति देखाएको स्नेहपूर्ण सम्मान भएको उहाले बताउनुभयो । त्यस्तै उहाले माधवकुमार नेपालसहितको नेताहरु बाहिरहँदा विवाद अन्त्य भएको दावी गर्नुभयो । आफुहरु प्रतिपक्षमा पुगेर पार्टीलाई शुद्धिकरण र सुढृदीकरणको अवसर मिलेको उहाको भनाई छ । अध्यक्ष ओलीले झापामा माओवादी केन्द्रको महाधिवेशन गरेर देखाउन पुष्पकमल दाहाललाई चुनौती पनि दिनुभयो । ओलीले महाधिवेशनको उद्घाटनका बेला चितवनमा देशभरबाट नेपालमा रहेका सवारी साधानले बोक्न सक्ने जति मानिसलाई उतार्ने बताउनुभयो । फरक प्रसंगमा अध्यक्ष ओलीले सर्वोच्च अदालतमा देखिएको समास्या समाधान गर्न सवै न्यायधिशले राजीनामा गर्नुपर्ने बताउनुभयो । अहिले सर्वोच्च अदालतमा भइरहेका घटना दुःखद् रहेको भन्दै उहाले त्यसको अन्त्य प्रधानन्यायाधीश जबराले राजीनामा गरेर नहुने जिकिर गर्नुभयो । उहाले आफुलाई संसदले नभई अदालतले हटाएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभएको थियो । पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले महाधिवशेनको सम्पूर्ण तयारी पुरा भएको भन्दै उद्घाटन समारोहमा पाँच लाख भन्दा बढीको जनप्रदर्शन हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...