HomeFeatureपार्टीमा देखिएको अराजकतालाई अन्त्य गर्दै पार्टी रुपान्तरणका लागि महाधिवेशन केन्द्रीत हुने: नारायणकाजी...

पार्टीमा देखिएको अराजकतालाई अन्त्य गर्दै पार्टी रुपान्तरणका लागि महाधिवेशन केन्द्रीत हुने: नारायणकाजी श्रेष्ठ

काठमाडौं, 27 दिसम्बर 2021

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीमा देखिएको अराजकतालाई अन्त्य गर्दै पार्टी रुपान्तरणका लागि महाधिवेशन केन्द्रीत हुने बताउनुभएको छ । सोमबार महाधिवेशन स्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै श्रेष्ठले पार्टी बिधि र पद्धतीमा सवालमा कमजोर देखिएको, व्यक्तिवाद र गुटवाद हावी भएको र सांस्कृतिक बिचलन आएको भन्दै पार्टी रुपान्तरणका लागि महाधिवेशन केन्द्रीत हुने बताउनुभएको हो । उहाले अहिले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्न जरुरी रहेको धारणा राख्नुभयो । यथास्थीतिबादसंग सम्बधबिच्छेद गरेर पार्टीलाई फड्को मार्दै पार्टीजिवनमा देखिएको समस्या समाधान गर्नुपर्ने उहाको भनाई छ । त्यस्तै श्रेष्ठले पार्टी पदाधिकारी चयनमा सहमति नभए निर्वाचनमा जाने उल्लेख गर्नुभयो । त्यस्तै माओवादी नेता जनार्दन शर्माले प्रचण्डको प्रतिवेदन आर्थिक सामाजिक र राजनीतिक समस्या समाधान गर्नेगरि आएको बताउनुभयो । विज्ञान र प्रविधिमा भएको विकास र जलवायु र वातावरणको विकासलाई माक्र्सवादसँग जोड्ने किसिमले अध्यक्ष प्रचण्डको प्रतिवेदन आएको उहाले जानकारी दिनुभयो । माओवादीले गरेको ठूलो परिवर्तनको स्वामित्व लिन नसक्दा पार्टी कमजोर भएकाले यसको स्वामित्व लिनुपर्नेमा जोड दिइएको उहाको भनाई छ । आइतबारबाट सुरु भएको माओवादी महाधिवेशन पाँच दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...